झापा, १९ फागुन । झापा गोल्डकपले नेपाल पत्रकार महासङ्घ झापा शाखाद्वारा स्थापित पत्रकार सहारा उपचार कोषमा आर्थिक सहयोग गरेको छ ।‘अर्ना छैटौँ झापा गोल्डकप’ उद्घाटन समारोहको अवसरमा झापा गोल्डकपले कोषलाई रु एक लाख ११ हजार एक ११ सहयोग गरेको हो । सो रकम प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमका बीच आज प्रदान गरिएको थियो ।
बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा आयोजित कार्यक्रममा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले पत्रकार महासङ्घ झापा शाखाका अध्यक्ष एकराज गिरीलाई सो रकम बराबरको चेक प्रदान गरे। पत्रकारको उपचारका लागि स्थापना गरिएको कोषको रकम रु एक करोड नजिक पुगेको महासङ्घका उपाध्यक्ष केशव भट्टराईले जानकारी दिए । झापा गोल्डकपलाई सफल बनाउन झापाली पत्रकारहरूले ठूलो सहयोग गरेको भन्दै उक्त रकम सहयोग गरिएको अध्यक्ष बस्नेतको भनाइ छ ।