झापा,१८ फागुन । कोशी प्रदेशमा आज बिहीबार सार्वजनिक बिदाको घोषणा गरिएको छ ।प्रदेशको नाम कोशीको रुपमा नामकरण भएको खुसियालीमा बिहीबार सार्वजनिक बिदाको घोषणा भएको हो । प्रदेश मन्त्रिपरिषद्को निर्णयअनुसार बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।
बुधबार प्रदेशसभाले प्रदेशको नाम दुई तिहाई बहुमतका साथ टुंगो लगाएको थियो ।६३ महिना पछि नाम टुगो लगाएपछि बिदा दिइएको हो । बुधबार भएको मतदानमा कोशी प्रदेशको पक्षमा ८२ र विपक्षमा ४ मत खसेको थियो ।यससँगै नेपालका सातवटै प्रदेशले नाम पाएका छन् ।