बुद्धभूमि भेट्रान्स रूपन्देही सेमिफाइनलमा प्रवेश

छविराज ढकाल
पथरीशनिश्चरे , १७ फागुन ।
मोरङ्गको सुनबर्षी -२ अमरदहमा संचालन भैरहेको चौथो अन्तर्राष्ट्रिय आमन्त्रण अमरदह ढल्के जोबन गोल्डकप ०७८ मा बुद्धमूमि भेट्रान्स क्लब, रूपन्देही सेमिफाइनल प्रवेश गरेको छ ।
आज मंगलबार भएको खेलमा रूपन्देही र आयोजक अमरदह ढल्केजोवान युवा क्लबले निर्धारित समयमा १ १ गोल गरी बराबरी भएपछि ट्राइवेकरको साहारा लिनु परेको थियो ।
प्रतियोगिताको पूर्वार्द्धको २ मिनेटमै गोल गर्दै बुद्धभूमि भेट्रान्स क्लबका जर्सी नं १० का टंक लामाले १ गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए भने आयोजक अमरदह ढल्केजोवान युवा क्लबका जर्सी नं १५ का भोला सिलवालले मध्यान्तर पछिको १६ मिनेटमा १ गोल फर्काएर बराबरीमा पुर्याएका थिए ।
त्यसपछिको ट्राईव्रेकरबाट बुद्ध भूमि भेट्रान्स, रूपन्देहीले मोरङको अमरदह ढल्केजोवान युवा क्लबलाई ३ को विरूद्ध ५ गोल गर्दै विजय हासिल गरेको थियो।
निकै प्रतिस्पर्धात्मक खेलमा आयोजक अमरदह ढल्केजोवान युवा क्लबका खेलाडीहरूले पटक पटक गोल गर्ने अवसरहरू गुमाएको थियो । प्रतियोगिताको म्यान अफ दि म्याच रूपन्देहीका जर्सी नं १का गोलरक्षक राकेश गुरुङ भएका थिए। उनलाई सुनवर्शी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरूषोत्तम घिमिरेले नगद ५ हजार र ट्रफी प्रदान गरे ।
भोलि बुधबार त्रिभुवन आर्मी क्लब, काठमाडौँ र विराट मेघा स्पोर्टस क्लब, मोरङ्गबीच प्रतिस्पर्धा हुने अमरदह चौथो अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपका अध्यक्ष प्रताप तामाङले बताए ।
उक्त प्रतियोगिताको विजेता टिमलाई ५ लाख ११ हजार तथा उपविजेतालाई २ लाख ५१ हजार रुपैयाँ नगदसहित मेडल र ट्रफीद्वारा सम्मान तथा पुरस्कार प्रदान गरिनेछ।

Leave a Reply

Your email address will not be published.