कांग्रेसले सराङपाडाका एक अशक्तको घर बनाईदिने

न्यौपानेको घर


कमल ,१७ फागुन । नेपाली काँग्रेसले कमल गाउँँपालिका- १ सराङ्गपाडा बस्ने एक जना अशक्त परिवारलाई घर बनाई दिने भएका छन् ।
लामोसमयदेखि त्यहाँ बस्दैआएपनि आर्थिक अभावका कारण घर बनाउन नसकेका बोल्न नसक्ने दिनानाथ न्यौपानेलाई कांग्रेसको अगुवाईमा घर निर्माण गरिदिने भएका हुन् ।
उक्त निर्माण हुने घरको आज कांग्रेस क्षेत्रीय सभापति ढुण्डिराज भण्डारीले शिलान्यास गरे । कमल- १ का वडाध्यक्ष समेत कांग्रेस कमलका उपसभापति केदार कटुवालका अनुसार अति विपन्न आर्थिक अवस्था भएका न्यौपानेको घर निर्माण कार्य शुरु गरिएको छ । दुई कोठे पक्की आवास गृह बनाउन ५ लाख लाग्ने अनुमान गरिएको छ । ओत लाग्न समस्या झेलिआएका न्यौपाने परिवारको दैनिक जीवनयापन सहज बनाउन घर निर्माण शुरु गरिएको उनले बताएका छन् ।
घर निर्माण गर्न कांग्रेस महाधिवेशन प्रतिनिधि सत्य नारायण चौधरीले रु १ लाख ११ हजार १११ रुपिया सहयोग दिने घोषणा गरेका छन् । कांग्रेस कार्यकर्ताहरु,शुभेच्छुकहरुको सहयोग जुटाएर घर निर्माण सम्पन्न गरिने बताईएको छ । घर शिलान्यास कार्यक्रममा कांग्रेस महाधिबेशन प्रतिनिधिहरु डा. खगेन्द्रपाण्डव अधिकारी, टिकाराज सापकोटा,राजन ढुंगाना, प्रदेश सभा (क) का सभापति जीवन राई, प्रदेश (ख) का सभापति रवि केसी,कमल -१ का वडाध्यक्ष केदार कटुवाल, गौरादह- २ का वडाध्यक्ष हेमन्त कार्की,जिल्ला सदस्य शेरबहादुर श्रेष्ठ,पार्टी कमल उपसभापति पदम निरौला, युवा व्यवसायी दिनेश अधिकारी लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.