आज आयोजक र बुद्ध भूमि भेट्रान्स क्लबबीच प्रतिस्पर्धा हुँदै

थरीशनिश्चरे , १७ फागुन । पोखरा -११ भेट्रान फुटबल क्लब मोरङको सुनबर्षी -२ अमरदहमा सञ्चालन भईरहेको चौथो अन्तर्राष्ट्रिय आमन्त्रण अमरदह ढल्के जोवन गोल्डकप- ०७८ को सेमिफाइनल प्रवेश गरेको छ ।
सोमबार भएको खेलमा सुनसरीको द योङ्ग व्रोदर्स ईटहरीलाई ५–३ को अन्तर गोलले हराउँदै पोखरा सेमिफाइनलमा प्रवेश गरेको हो ।
निकै प्रतिस्पर्धात्मक खेल भएको उक्त प्रतियोगिताको निर्धारित समयमा बराबरी भएपछि ट्राइवेकरको साहारा लिनु परेको थियो । दुवै टिमले पटक पटक गोल गर्ने थुप्रै प्रयासहरू चुकाएका थिए । ट्राईव्रेकरमा पोखरा भेट्रान क्लबले ईटहरीको योङ्ग व्रोदर्सलाई ३ को विरूद्ध ५ गोल गर्दै विजय हासिल गरेको थियो। प्रतियोगिताको म्यान अफ दि म्याच पोखरा भेट्रान क्लबका जर्सी नं १५का एल एक्स घोषित भएका थिए। उनलाई अमरदह अन्तर्राष्ट्रिय आमन्त्रण ढल्केजोवान गोल्डकप -०७८ का दोस्रो पुरस्कार राशीको मुख्य प्रायोजक बाबा निर्माण सेवा, केराबारी, मोरङका प्रोप्राइटर जंगवीर लामाले नगद ५ हजार र ट्रफी प्रदान गरेका थिए ।
आज मंगलबार आयोजक अमरदह ढल्केजोवान फुटबल क्लब र बुद्ध भूमि भेट्रान्स क्लबबीच प्रतिस्पर्धा हुने अमरदह चौथो अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपका अध्यक्ष प्रताप तामाङले बताए ।
उक्त अवसरमा दोस्रो पुरस्कार राशीको मुख्य प्रायोजक बाबा निर्माण सेवा प्रालिका सञ्चालक जंगवीर लामालाई ढल्केजोवान गोल्डकपका अध्यक्ष प्रताप तामाङले मायाको चिनो प्रदान गरेका थिए।
प्रतियोगितामा विजयी प्रथम टिमलाई ५ लाख ११ हजार तथा उपविजेतालाई २ लाख ५१ हजार रुपैयाँ नगदसहित मेडल र ट्रफीद्वारा सम्मान तथा पुरस्कार प्रदान गरिनेछ।

Leave a Reply

Your email address will not be published.