बालक योगेन्द्रले उपचार पाए

बालकको अवस्था क्रमशः उपचार अघि र पछि

दमक,१६ फागुन । आर्थिक अभावका कारण उपचार गर्न समस्या झेलिआएका दमक- ९ का ७ बर्षिय बालक यागेन्द्र कटुवालले उपचार पाएका छन् ।
आर्थिक अवस्था अत्यन्तै कमजोर भएका योगेन्द्रको उपचारमा समस्या भएको समाचार प्रदेशवाणी डटकम अनलाइन न्यूजपोर्टमा गत फागुन १ गते प्रकाशित भएपछि दमक जेसीजको समन्वयमा दमकको मेची नेत्रालयले निशुल्क उपचार गरिदिएको हो । योगेन्द्रको स्थानीय अस्पतालमा उपचार संभव भएपनि त्यति गर्न समेत पैसा नहुदाँ कटुवाल परिवार बिचल्लीमा परेको समाचार प्रकाशित भएको थियो ।
समाचार प्रकाशित भए लगत्तै दमक जेसीजका अध्यक्ष सन्जीव बरालले बालकको उपचारका लागि नेत्रालयका नेत्र रोग विशेषज्ञ डाक्टर राजेश श्रेष्ठसंग परामर्श गरि उपचारको व्यवस्था मिलाएका थिए । अध्यक्ष बरालका अनुसार बालकको आँखाको बाहिरी भागमा पलाएको मासु नेत्रालयका डा.श्रेष्ठसहितको टोलीले आइतवार शल्यक्रिया गरिदिएको थियो । छोराले उपचार पाएपछि उनका वुवा भक्तबहादुरले सवै मनकारी सहयोगीहरुलाई धन्यवाद दिएका छन् ।
गतवर्ष क्यान्सरबाट आमा गुमाएका कक्षा -१ मा अध्ययनरत बालकलाई रोजियट ब्राइट अंग्रेजी बोर्डिङ स्कूलले निशुल्क पढउदै आएको छ । हालै मात्र एक्र नेत्रालयले ५३ जना मोतियाविन्दुका विरामीको समेत निशुल्क उपचार गरेको नेत्रालय प्रशासनले जनाएको छ । दमक- ६ थाना रोडमा अवस्थित उक्त नेत्रालयले सहुलियत रुपमा आँखाको बिशेषज्ञ सेवा उपलव्ध गराउदैआएको छ ।

Leave a Reply

Your email address will not be published.