बासँबारी स्वास्थ्य केन्द्रमा ‘इम्प्लान्ट’ सेवा विस्तार

दमक ,१५ फागुन । जिल्लाको कमल गाउँपालिका वडा न. १ बाँसबारीस्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा इम्प्लान्ट सेवा विस्तार गरेको छ ।महिलाहरुको लागि परिवार नियोजन सेवा अन्तर्गतका ५ वर्षे अस्थायी साधन इम्प्लान्ट सेवा कार्यक्रम विस्तार गरिएको केन्द्रले जनाएको हो । आधारभूत स्वास्थ्य सेवा केन्द्रले हालै औपचारिक कार्यक्रम गरि उक्त स्वास्थ्य सेवा सञ्चालनमा ल्याइएको जनस्वास्थ्य निरीक्षक देवराज पराजुलीले बताए ।
थपिएको स्वास्थ्य सेवाको कमल १ का वडाअध्यक्ष समेत रहेका स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष केदार कटुवालले शुभारम्भ गरे । इम्प्लान्ट सेट सामाग्री स्वास्थ्यकर्मीलाई हस्तान्तरण गर्दे वडाअध्यक्ष कटुवालले सवै वडाबासीलाई सहजै रुपमा आधारभूत स्वास्थ्य सेवा उपलव्ध गराउन वडा कार्यालयले प्रयत्नशील रहेको जोड दिए ।
त्यस अवसरमा जनस्वास्थ्य निरीक्षक पराजुली र अनमी विन्द्रा राईले सराङपाडाँकी एक सेवाग्रही महिलालाई इम्प्लान्ट प्रदान गरेका थिए । कमलका ७ वडामा रहेका आधारभूत स्वास्थ्य सेवा केन्द्र मध्ये यस कमल १ ले पहिलोपटक यस किसिमको सेवा विस्तार गर्न सफल भएको हो ।

यसैगरि,केन्द्रले वडाबासीको आधारभूत स्वास्थ्य सेवालाई ध्यानमा राख्दै क्षयरोगी बिरामीका लागि डट्ससहित पोषण कर्नर लगायतका सेवा विस्तार गरिने गरि काम थालिएको उनले बताए । यसअघि त्यस वडाका महिलाहरुले परिवार नियोजन सेवा इम्प्लान्ट लगायतका अस्थायी साधनको सेवा लिन कमल नगर अस्पताल तथा अन्य स्वास्थ्य संस्थासम्म जानुपर्ने बाँध्यता रहेको थियो । तर, वडाकै स्वास्थ्य केन्द्रमा नै महिलाहरुलाई लक्षित गरेर यस्ता परिवार नियोजनका अस्थायी सेवा उपलव्ध गराएको र यसवाट धेरै महिलाहरुले सुविधा पाएको उनले बताए ।

 

Leave a Reply

Your email address will not be published.