उदघोषण सीप सम्बन्धी पाँच दिने तालिम सम्पन्न

दमक,१४ फागुन । मेची -महाकाली बुहारी संयुक्त आवाज उपशाखा दमकले उदघोषण सीप सम्बन्धी पाँच दिने तालिम आज सम्पन्न भएको छ । दमक नगरपालिकाको सहयोगमा सञ्चालित पाँच दिने उद्घोषण सीप क्षमता बिकास कार्यक्रममा विभिन्न संघसंस्थाका दुई दर्जन बढी महिलाहरुको सहभागिता रहेको थियो ।
संस्थाकी दमक उपशाखा संयोजक जमुना निरौला अधिकारीको अध्यक्षता तथा दमक नगरपालिकाकी उप प्रमुख गीता अधिकारीको प्रमुख आतिथ्यतामा तालिम समापनमा सहभागिहरुलाई प्रंशसा पत्र समेत वितरण गरिएको थियो । तालिममा नेपाल जेसीजका पूर्व उपाध्यक्ष समेत रहेकी सहजकर्ता मन्जु घिमीरेले सहजीकरण गरेकी थिइन् ।
तालिम समापन कार्यक्रममा दमक ६ का वडाअध्यक्ष टेक बहादुर थापा,मेची -महाकाली बुहारी संयुक्त आवाजकी केन्द्रीय अध्यक्ष यमु शर्मा सुब्बा ,उपाध्यक्ष चन्द्रा काफ्ले लगायतको उपस्थिति रहेको थियो ।
उपशाखा दमककी सचिब रिना राई चेम्जोङले सञ्चालन गरेको उक्त तालिम समापनमा उपशाखा दमककी उपाध्यक्ष सीता श्रेष्ठले स्वागत मन्तव्य राखेकी थिइन् ।

Leave a Reply

Your email address will not be published.