दमक ,१४ फागुन । दमक बहुमुखी क्याम्पसमा अध्ययनरत २९७ जना बिद्यार्थीहरु बिभिन्न संगठन परित्याग गर्दै नेपाली कांग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघमा प्रवेश गरेका छन् ।
नव आगन्तुक बिद्यार्थीहरुलाई आज दमकस्थित नेपाली कांग्रेस दमक नगर समितिको कार्यालयमा एक कार्यक्रमका वीच स्वागतसहित संगठनमा प्रवेश गराईएको हो ।
नेविसंघ दमक नगर सभापति बिशाल अधिकारीको अध्यक्षता र कांग्रेस प्रदेश- १ का सदस्य भुमि राईको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा समाजवादी बिद्यार्थी संघका केन्द्रीय सदस्य सुनिल हताक्सु राई र बिद्यार्थी नेता दिपक मादेनको नेतृत्वमा २९७ जना बिद्यार्थीहरुलाई संगठनमा प्रवेश गरेका हुन् ।
नवप्रवेशी बिद्यार्थीहरुलाई स्वागत गर्दै नेपाल बिद्यार्थी संघ झापा जिल्ला सभापति सञ्जय निरौलाले गौरबपूर्ण ईतिहाँस बोकेको नेबिसंघमा सबै बिद्यार्थी एकताबद्ध भएकोमा खुशी व्यक्त गरे । उनले बिद्यार्थीहरु पढाईसंगै राजनैतिक गतिबिधिहरुमा पनि जानकार हुनुपर्ने औल्याए ।
त्यस्तै, कार्यक्रमका प्रमुख अतिथि कांग्रेस प्रदेश सदस्य राईले देशको भविष्य युवा,विद्यार्थीहरुको हातमा भएकाले नेतृत्वका लागी अहिले देखिनै बिद्यार्थीहरु राजनीतिप्रति सचेत बन्नु पर्ने जोड दिए ।
नेविसंघमा सचेत विद्यार्थी समाहितच हुने भन्दै उनले मुलुक र नागरिक प्रति जिम्मेवार पार्टी कांग्रेसलाई बिद्यार्थीहरुले रोजेकोमा बधाईसहित स्वागत गरेका थिए ।कार्यक्रममा कांग्रेस प्रदेश सदस्य चन्द्रा खड्का भट्टराई, पार्टिका झापा जिल्ला उप सभापती शेरबहादुर भट्टराई, संबिधानसभा सदस्य विश्वदिप लिङदेन, क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी, प्रदेश क्षेत्र सभापति रवि केसी न्यौपाने लगायतले नवआगन्तुक बिद्यार्थीहरुलाई स्वागत गरेका थिए ।