दमकमा रोज गार्डेन उद्घाटन

मन्तव्य राख्दै नगर प्रमुख रोमनाथ ओली

दमक,१४ फागुन । झापाको दमकमा रोज गार्डेनको उद्घाटन गरिएको छ । दमक– ७ स्थित पशुहाटसंगैको पञ्चायत रजत पार्कमा निर्माण गरिएको ‘दमक रोज गार्डेन’को प्रदेश १ का प्रदेश सभा सदस्य अर्जुन राईले शनिवार उद्घाटन गरे ।
पाँच वर्ष अघि शिलान्यास गरिएको उक्त गार्डेन उदटन गर्दे राईले पूर्वमा नै यस प्रकारको गुलाफको फुलको बगैँचा कही पनि नरहेकाले यसले आन्तरिक तथा बाह्य पर्यटकको आधार बन्नसक्ने औल्याए । नगरपालिकाको स्वामित्वमा रहने यस बगँैचाको संरक्षण र हेरचाह चुनौती रहेको भन्दै यसमा ध्यान दिन पनि उनले आग्रह गरे ।
नगरपालिकाको स्वामित्वमा रहेको स्मारक क्षेत्रको करिब ८ कठ्ठा जमिनमा अहिले करिव १७ सय जति विभिन्न जातका गुलाफ फूल रोपिएको नगर प्रमुख रोमनाथ ओलीले जानकारी दिए । इतिहासको रुपमा रहेको पञ्चायत स्मारकको पनि संरक्षण गर्दै त्यसको वरिपरि पोखरीसहित १६ प्रकारका गुलाफको फुलको बगैँचा तयार गरिएको उनले बताए । उनले भने , –‘धेरैले सबै प्रकारको गुलाफको फुल नदेख्नु भएको हुनसक्छ ,अब यहाँ आउदाँ देख्न सकिन्छ ।’
दमक –७ का वडाध्यक्ष भिम प्रसाद पौडेलका अनुसार घेरावेरासहितको उक्त गार्डेन हेरचाह गर्न स्थानीय कृष्णराज थापाको अध्यक्षतामा समिति गठन गरि सोहि समितिले करिव एक बर्ष लगाएर गार्डेन निर्माण गर्न सफल भएको छ ।
उनले जीर्ण रहेको पञ्चायत स्मारको जिर्णोद्वार गरेर ईतिहासको संरक्षण सहितको पूर्वमा नै पृथक किसिमको वगैचा निर्माण गरिएको बताए ।
बगँैचा निर्माणमा नगरपालिका, प्रदेश सरकार, उपभोक्ता समिति लगायतको रु १ करोड ११ लाख रुपियाँ भन्दा बढी खर्च भईसकेको रोज गार्डेन निर्माण तथा सहयोग समितिका सचिव टीकाराम खरेलले बताएका छन् ।

Leave a Reply

Your email address will not be published.