गौरादह ७ का वडाध्यक्ष खरेलसहित मालपोत अधिकृत पक्राउ

बिर्तामोड १४, फागुन । झापा गौरादह नगरपालिका वडा नं ७ का वडाध्यक्ष बलराम खरेल पक्राउ परेका छन् ।संगठित अपराध , सरकारी छाप किर्ते र ठगी मुद्दामा वडाध्यक्ष खरेलसहित झापा मालपोतका वहालवाला अधिकृत चेतन अधिकारी अनुसन्धानका लागि विर्तामोडबाट प्रकाउ परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक गुरू तिम्सिनाले जानकारी दिए । खरेल नेकपा एमालेबाट निर्वाचित वडाध्क्षय हुन्। वडाध्यक्ष खरेललाई तीन दिनअघि पक्राउ गरिएको प्रहरी निरीक्षक तिम्सिनाले पुष्टि गरे ।
किर्ते कागजात बनाएर बिर्तामोड पश्चिम बसस्टेण्डको करोडौं मुल्यको जग्गा विक्रिमा वडाध्यक्ष खरेल समेतको संलग्नता देखिएपछि उनलाई पक्राउ गरिएको प्रहरीको भनाई छ ।
झापाको विर्तामोडस्थित स्वर्गीय टुंङगबहादुर बस्नेतको नाममा रहेको जग्गा अधिकृत वारेसनामा नै किर्ते बनाएर जग्गा बिक्री गर्ने गिरोह मध्येका दुई जनालाई अनुसन्धानका लागी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उनीहरुले बस्नेतको नाममा रहेको कित्ता नं ४१८३ को १ कठ्ठा १३.७५ धुर जग्गा हडपेका थिए । झापा प्रहरीका अनुसार सो जग्गा किर्ते गरेर विक्रि गर्ने मुख्य नाइके गौरीगञ्ज १ कुन्जिबारीका बलराम विश्वकर्मा (सुसिल) लगायत १० जना यस अघि नै पक्राउ परिसकेका छन् ।
जग्गा विक्रिमा कागजात किर्ते बनाउन वडाध्यक्ष खरेलले समेत सहयोग गरेको भन्दै अनुसन्धानका लागि पक्राउ गरिएको हो । वडाध्यक्ष खरेलले आफुलाई झुक्याएर कागजातमा हस्ताक्षर गर्न लगाएको दावी गर्दै आएका छन् ।
यस्तै, प्रहरीले मालपोत अधिकृत अधिकारी समेतलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई म्याद थप गरि बयान लिने काम भइरहेको बताइएको छ । बिर्तामोडमा राखेर बयान लिइरहेको प्रहरीको भनाई छ ।
मालपोतका एक कर्मचारी हरि तिम्सिना अझै फरार छन् । गत वर्ष सार्वजनिक भएको घटनामा संलग्नहरु केहि कारागारमा छन् भने मुख्य योजनाकारहरु धरौटीमा रिहा भइसकेका छन् । कारागारमा सुशिल बराइली लगायत तीन जना सजाय भुक्तान गरिरहेका छन् ।
गत बैशाख ९ गते नै यस काण्डमा १० जनालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको थियो भने खरेल र अधिकारी भने त्यो बेला पक्राउ पर्न सकेका थिएनन् ।
यसअघि प्रहरीले बाह्रदशी–३ घर भई विर्तामोड –२ बस्दै आएका ३९ वर्षीय मंगलसिंह राजवंशी, नापीका पूर्व कर्मचारी एवम नमस्ते होटल चन्द्रगढीका सञ्चालक भद्रपुर –७ का ५२ वर्षीय नविन कोइराला, जग्गा कारोवारी बाह्रदशी –५ का ५० वर्षीय लिलाधर राजवंशी, विधुत प्राधिकरण फिक्कलका कर्मचारी शिवसताक्षी –८ का भुपदेव कटुवाल , दोभान कन्स्ट्रक्सनका सञ्चालक विर्तामोड –४ का ४३ वर्षीय गोविन्द वान्तावा मिलन , विर्तामोड १० घर भई कोटिहोम बस्दै आएका ७१ वर्षीय देवी प्रसाद पाण्डे, विर्तामोड –४ कि ३३ वर्षीया रञ्जु राई र उर्लावारी– ४ का ४८ वर्षीय राजन विश्वकर्मा पक्राउ गरेको थिए । जस मध्ये केहि छुटेका छन भने केहि भने पुर्पक्षमा राखेर अनुसन्धान भईरहेको छ ।

Leave a Reply

Your email address will not be published.