
कमल,१३ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीले कमल- ७ मा ज्येष्ठ नागरिकलाई सम्मान गर्नुका साथै विभिन्न पार्टी परित्याग गरि पार्टीमा प्रवेश गर्नेहरुलाई स्वागत कार्यक्रम गरेको छ ।
आज एक वडा समितिले एक कार्यक्रमको आयोजना गरि ज्येष्ठहरुलाई हिडडुलमा सहज पुरयाँउन लठठी र दोसल्ला ओढाएर सम्मान गर्नुका साथै विभिन्न पार्टी परित्याग गरि ५२ जना राप्रपा प्रवेश गर्नेलाई स्वागत गरिएको पार्टीका वडाध्यक्ष माधव मिश्रले बताए ।
पार्टीका क्षेत्रीय अध्यक्ष भिमप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा जिल्ला सदस्यहरु बिष्णु पौडेल,सन्तोष कार्की, निर्वाचन परिचालन समितिका संयोजक दिपक खरेल, युवराज खड्का लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको पार्टी वडा सचिव डिल्लीराम उप्रेतीले बताए ।