दोमुखामा आगजनी, चार वटा होटल नष्ट

दमक,१३ फागुन । विद्युत सर्ट आगलागी हुदाँ झापाको शिवसताक्षी नगरपालिका वडा न. १० स्थित पर्यटकीयस्थल दोमुखामा गएराति चार वटा होटल र एउटा क्लवको भवन पूर्ण रुपमा नष्ट भएको छ ।
आगजनीबाट स्थानीय दुई जना घाईते समेत भएका छन् । घाइते हुनेमा शिवसताक्षी १० की ४३ वर्षीया बालिका भण्डारी र उन की १४ वर्षीया छोरी अस्मिता रहेका छन् । घाईते दुबैको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।
आगलागीबाट स्थानीय हरी भण्डारी, डम्बर मगर, किशोर लिम्बु र जय थपलियाको होटलमा आगलागी भएको प्रहरीले जनाएको छ । दोमुखा धार्मिक तथा पर्यटकीय विकास संस्थाले निर्माण गरेका ती भवन होटलका लागि बहालमा लगाएको थियो । होटलका सबै सामग्री जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक धु्रवनारायण श्रेष्ठले बताए । क्षतिको विवरण आउन सकेको छैन् ।
आगलागी आज बिहान ३ बजे तिर मात्र कमल, दमक र बिर्तामोड नगरपालिकाको गरि तीन वटा बारुण यन्त्रको सहयोगमा विहानी पख नियन्त्रणमा आएको थियो ।

Leave a Reply

Your email address will not be published.