दमक,१३ फागुन । दमक -५ स्थित ज्येष्ठ नागरिक सामुदायिक सिकाई केन्द्रले आफनो ११ओै साधारण सभा सम्पन्न गरेको छ।दमक नगर पालिका शिक्षा समितिका संयोजक तथा वडा नं ९का वडाध्यक्ष कुबेरप्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा र दमक नगरपालिका वडा नं ५ का वडा अध्यक्ष ईन्द्र बहादुर गुरुङको बिशिष्ट आतिथ्यतामा भएको
कार्यक्रममा अध्यक्ष दुर्गाप्रसाद पौडेलले आफ्ना स्वर्गिय मातापिता पर्शुराम र रेनुका पौडेलको नाममा स्थापना गरिएको रु तिन लाखको शैक्षिक कल्याण अक्षयकोषको ब्याजबाट दमकका दशवटा सामुदायिक बिद्यालयका१९ जना छात्र छात्राहरुलाई शैक्षिक सामाग्री प्रदान गरिएको थियो ।
कार्यक्रममा आजिवन सदस्यहरुलाई सदस्यताको प्रमाण पत्र बितरण गरिएको थियो ।साथै अध्यक्ष पौडेलबाट प्रस्तुत वार्षिक प्रतिवेदन र यमुना बरालबाट प्रस्तुत आर्थिक प्रतिबेदनलाई सर्वसम्मत रुपले पारित गरिएको थियो ।उक्त साधारण सभाले आगामी पाच वर्षको लागि पुनः दुर्गा प्रसाद पौड्यालको अध्यक्षतामा नौ सदस्यीय कार्य समिति सर्वसम्मत रुपमा गठन गरिएको थियो ।
गठित समितिको उपाध्यक्षमा ठाकुरप्रसाद भण्डारी,सचिवमा रुद्र बहादुर खड्का, सह सचिवमा घनेन्द्र पाठक ,कोषाध्यक्षमा सीता कार्की र सदस्यमा क्रमश ओमप्रसाद खनाल,पदमप्रसाद रेग्मी,शेषकुमार निरौला,प्रेमबहादुर बस्नेत सर्वसम्मत रुपमा चयन भएका छन ।
केन्द्रको नयाँ नेतृत्व चयन गर्न नरेन्द्र दहालको संयोजकत्वमा काजीमान पौडेल र सावित्रा पौडेल सदस्य रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो ।कार्यक्रममा शान्ति सामुदायिक सिकाई केन्द्रका अध्यक्ष राजु तामाङ ,बाह्रघरे सामुदायिक सिकाई केन्द्रका अध्यक्ष जीवन ढकाल,जनचेतना आधारभुत बिद्यालयकी शिक्षिका टीकामाया पाण्डे ,ज्येष्ठ सदस्य धनपति बराल,ज्येष्ठनागरिक सम्मान प्रतिष्ठानका उपाध्यक्ष शिवप्रसाद काफ्ले लगायतले शुभकामना मन्तव्य राखेका थिए ।कार्यक्रम केन्द्रका अध्यक्ष दुर्गाप्रसाद पौडेलको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सञ्चालन सचिव रुद्र बहादुर खड्काले गरेका थिए ।