विद्यार्थीलाई सेनेटरी प्याड हस्तान्तरण

दमक,१३ फागुन । दमक मोवाईल व्यवसायी संघले शुक्रवार दमक- ४ स्थित तारावारी आधारभूत विद्यालयका छात्रा विद्यार्थीहरुलाई सेनेटरी प्याड वितरण गरेको छ । आफनो नवौ स्थापना दिवसका अवसर पारेर समुदायमा आधारित छात्राहरुका लागि महिनावारी शिक्षासहित सहयोगी सामाग्री हस्तान्तरण गरिएको सचिव खेम सापकोटाले जानकारी दिए ।
दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा आम्दा अस्पताल दमककी स्वास्थ्यकर्मी कमला घिमिरेले महिनावारी सम्बन्धीसचेतना मूलक अभिमुखीकरण प्रदान गरेकी थिइन् ।
संघका अध्यक्ष भेनस श्रेष्ठको अध्यक्षता तथा संघका सहसचिव दिपेश दाहालको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा निम्स अस्पताल सञ्चालक समितिका सचिव रोशन विष्ट, विद्यालयका प्रअ नारायण बहादुर भण्डारी , लायन्स क्लव अफ दमक सेविकाकी अध्यक्ष ज्ञानु बुढाथोकी,सामाजिक अगुवाहरु कुवेर भट्टराई, राजेन्द्र सिटौला, चिरन्जीवि नेपाली, सिता पाण्डे लगायतको उपस्थिति रहेको थियो । सहयोगी सामाग्रीहरु निम्स अस्पताल,दमककै दर्पण फार्मेसीले सहयोग पुरयाँएको थियो ।
स्थापना दिवसका अवसरमा विहिबार दमकमा आयोजना गरेको रक्तदानमा ५० पिन्ट रगत संकलन भएको थियो ।

Leave a Reply

Your email address will not be published.