ताप्लेजुङमा जारी निषेधाज्ञा हटाइयो

ताप्लेजुङ ,१३ फागुन। ताप्लेजुङ जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा हटाइएको छ। प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माद्वारा १० गते जारी आदेशअनुसार ११ गते बिहान ५ बजेबाट लागू भएको निषेधाज्ञा आज मिति राति ११ बजेबाट हटाइएको हो ।
जिल्ला सुरक्षा समितिको सिफारिसअनुसार निषेधाज्ञा हटाउने निर्णय गरिएको प्रशासन कार्यालयले जनाएको छ। प्रशासनका अनुसार स्थिति सामान्य बन्दै गएको तथा सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञा हटाइएको हो।
यसअघि सुरक्षा संवेदनशीलता र सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्रशासनले ताप्लेजुङमा निषेधाज्ञा जारी गरेको थियो। अब स्थानीय जनजीवन पुनः सामान्य रूपमा सञ्चालनमा आउने प्रशासनले जनाएको छ।

Leave a Reply

Your email address will not be published.