दमक ,१२ फागुन । दमककी रुथ शिवाकोटीले ‘मिसेस भोग नेपाल–२०२५ को कमर्सियल एमबास्डरको उपाधि जितेकी छन् । काठमाण्डौंमा बुधबार सम्पन्न दोस्रो संस्करणको सो प्रतियोगितामा शिवाकोटीले कमर्सियल एमबास्डरको उपाधि जितेकी हुन् । दमक -८ घर भई हाल काठमाडौमा बस्दैआएकी शिवाकोटी लामोसमयदेखि कला,नाट्य रंगमञ्चका क्षेत्रमा क्रियाशील छिन् ।
हाउस अफ फेसनले आयोजना गरेको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस भोग नेपाल–२०२५’ प्रतियोगितामा शिवाकोटीले कमर्सियल एम्बासडरको उपाधि तथा सुमी मल्लले भने उपाधि जित्न सफल भईन् ।
ग्राण्ड फिनालेको टप फाइभमा सुमी मल्ल, रुथ शिवाकोटी, सञ्जु श्रेष्ठ, प्रिया खड्गी तथा स्वेता बज्राचार्यबीच निकै कडा प्रतिस्पर्धा भएको थियो । सार्वजनिक गरिएको नतिजा अनुसार सञ्जु श्रेष्ठले फस्र्ट रनर्सअप, प्रिया खड्गीले सेकेण्ड रनर्सअप तथा स्वेता बज्राचार्यले थर्ड रनर्सअपको उपाधिमा चित्त बुझाईन् ।
प्रतियोगितामा समाजका विभिन्न क्षेत्रलाई प्रतिनिधित्व गरेका १७ जना विवाहित महिलाहरुले भाग लिएका थिए । विभिन्न क्षेत्रमा भिन्दै परिचय बनाइसकेका प्रतियोगिहरुले उत्कृष्ट प्रस्तुति गरेकी थिइन् ।झण्डै दुई महिना लामो प्रशिक्षणपछि सहभागिहरु ग्राण्ड फिनालेमा प्रस्तुत भएकी थिईन् ।