दमक ,१२ फागुन । नेपाली कांग्रेसको भातृ संस्था नेपाल किसान महासंघ झापा जिल्ला कार्यसमितिको अध्यक्षमा पुनः रतन थिङ्लाबो चयन भएका छन् । बिर्तामोडस्थित कांग्रेस जिल्ला पार्टी कार्यालयमा हालै सम्पन्न महासंघको छैठौ जिल्ला अधिबेशनले शिवसताक्षी,दुधे निवासी थिङ्लाबोको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ ।
महासंघको जिल्ला उपाध्यक्षमा शेखरनाथ अधिकारी, सचिवमा यादव गिरी निर्विरोध निर्वाचित भए भने सदस्यहरूमा महेश मेन्याङ्बो, डिकुरादेवी निरौला, छत्रबहादुर विष्ट, नन्दीकेशर अधिकारी, इन्दिरा दाहाल, रमला विष्ट, मित्रलाल अधिकारी, रघुनाथ अधिकारी, कृष्ण गौतम, ओमप्रसाद पराजुली, रक्षा सुवेदी, राजकुमार गौतम, केशव सुवेदी, प्रमोद राजवंशी, राजेन्द्र ओली, बलराम अधिकारी, गंगादेवी मैनाली शिवाकोटी, कृष्णमाया गड्तौला चयन भएका छन् ।
पार्टी जिल्ला सभापति देउमान थेवेको प्रमुख आतिथ्यतामा भएको अधिबेशन उद्घाटनमा कांग्रेसका नेताहरु, किसान महासंघका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सोहि अवसरमा किसान महासंघ झापाका नवनिर्वाचित अध्यक्ष थिङलावोले किसानहरुको हकहितका निम्ति काम गर्ने प्रतिवद्धता जनाएका थिए ।