जीवन चक्र समाजको कार्यालय सञ्चालनमा 

दमक,१२ फागुन । सडक दुर्घटना न्यूनीकरण तथा रक्तदान सम्बन्धी सचेतना दिदैआएको दमकको सामाजिक कार्यमा सक्रिय जीवन चक्र समाज नेपाल कार्यालय सञ्चालनमा ल्याएको छ।आफना सदस्य समेत रहेका सामाजिक व्यक्तित्व दमक ६ निवासी डा. लेखनाथ न्यौपानेको घरको एक कोठामा संस्थागत कार्यसञ्चालनमा सघाँउ पुरयाउँन कार्यालय स्थापना गरिएको समाजका केन्द्रीय अध्यक्ष गणेश प्रसाद गौतमले बताए ।
कार्यालयको दमक नगर पालिका उपप्रमुख रेगिना भट्टराई प्रसाईं ,दमक नगरपालिका वडा न. ६ का अध्यक्ष टेकबहादुर थापाले संयुक्त रुपमा उद्घाटन गरे ।उद्घाटनपछि बोल्दै उपप्रमुख भट्टराई , वडाअध्यक्ष थापाले अरुलाई परिर्वतन हुनु पर्छ भन्ने भन्दा पनि पहिला आफूवाट परिवर्तन हुन सिक्नु पर्ने औल्याए।
कार्यक्रममा डिपीएल पब्लिक लाइव्रेरीका केन्द्रीय अध्यक्ष वालचन्द्र कार्की, हिमालयन टाइगर क्लव दमक अध्यक्ष मेघनाथ फुयाल ,पहिलो पाइला दमकका अध्यक्ष दिवस खतिवडा र संस्थाका सदस्य बासुदेव काफले लगायतले जीवन चक्र समाजले पुरयाउँदै आएको योगदानको चर्चा गरेका थिए । कार्यक्रम संस्थाका सचिव गणेश प्रधानले सञ्चालन गरेका थिए भने समाजका पदाधिकारी,सदस्यहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.