चुलाचुली,१२ फागुन । अटो दुर्घटनामा परी इलाम चुलाचुलीका एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा चुलाचुली– २ बागद्वार बस्ने दुर्गा सम्बाहाम्फेका अढाई वर्षका छोरा निम्सा सम्बाहाम्फे रहेका छन् ।
प्रहरीका अनुसार आज बिहान ५ः३० बजे इलाम चुलाचुली ३ चाँजु पुलनजिक मदन भण्डारी लोकमार्गमा आइतवारेबाट तीनकुनेतर्फ जाँदै गरेको प्र.१–०२–००३ ह १६६७ नं को अटो आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । अटोमा सवार अटो चालक समेत रहेका चुलाचुली– २ बागद्वारका दुर्गा सम्बाहाम्फेसहित उनका अढाई वर्षका छोरा निम्सा सम्बाहाम्फे र अटोमा सवार चुलाचुली– १ बस्ने १७ वर्षीय कुशल लावती घाइते भएका थिए ।
दुर्घटनामा घाईते बालकलाई लाईफलाईन अस्पताल दमकबाट थप उपचारका लागि न्युरो अस्पताल बिराटनगर रेफर गरिएकोमा उपचारको क्रममा साँझ ५ बजे बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।