सवारी दुर्घटनामा एकको मृत्यु


झापा, ११ फागुन। झापाको मेचीनगर नगरपालिका–७ राजमार्गमा मोटरसाईकलको ठक्करबाट एकजनाको मृत्यु साथै एकजना घाईते भएका छन् ।
मंगलवार राती पौने ८ बजेको समयमा पैदल यात्री मेचीनगर–८ का १९ बर्षीय श्याम मगर र १७ बर्षीय बलबहादुर मगरलाई मे.१०प २२३२ नम्वरको मोटरसाईकलले ठक्कर दिँदा घाईते भएका दुबै जनाको वीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भईरहेकोमा उपचारको क्रममा श्यामको मृत्यु भएको हो । ठक्कर दिने मोटरसाईकल र चालक मेचीनगर–१० का अभिजित सिटौलालाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जनाएको छ ।
ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु
सुनसरीको कोसी–८ भण्टाबारीमा मंगलवार राति ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६० वर्षीय भरत सहनी रहेका छन् ।
प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र२–०३–००१ख २५०५ नंको ट्रकले सोही दिशाबाट आउँदै गरेका साइकलयात्रीलाई ठक्कर दिएका थियो । गम्भीर घाइते सहनीको उपचारका क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको कार्कीले जानकारी दिए ।
ठक्कर दिने ट्रक चालक सर्लाहीको परवानीपुरका ५४ वर्षीय लासादोर्जे जिम्बालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published.