बालक योगेन्द्रलाई सहयोगको याचना

दमक,११ फागुन । दमक -९ का ७ बर्षिय बालक यागेन्द्र कटुवालले सहयोगको याचना गरेका छन् । आर्थिक अवस्था अत्यन्तै कमजोर भएका योगेन्द्रका बुबा भक्तबहादुर कटुवालले छोराको देब्रे आँखाको डिलमा मासुको डल्ला दिनानुदिन बढ्दै गएपछि उपचार गर्न रकम नभएको भन्दै सहयोगको याचना गरेका हुन् । उपचार गर्न आफूसंग पैसा नभएकाले सवै मनकारीसंग उपचारका लागि सहयोग पुरयाँई दिन विरामीका बुबा भक्तबहादुरले अनुरोध गरिआएका छन् ।
दमक -८ स्थित रोजियट बोर्डिङ स्कूल कक्षा १ मा अध्ययनरत योगेन्द्रको दमककै अस्पतालमा उपचार संभव भएपनि त्यति गर्न समेत पैसा नहुदाँ कटुवाल परिवार बिचल्लीमा परेका छन्। स्कूलले बालकलाई निशुल्क पढ्ने व्यवस्था गरेको छ । गतवर्ष क्यान्सरबाट बालकको आमा पार्वतीको मृत्युभएको थियो । दमक -९ को सुकुम्बासी टोलमा बस्दैआएका कटुवालका दुई छोरी र एक छोरा छन् । छोराछोरीको पालनपोषण गर्न समस्या भएपछि उनीहरु सवै परिवारका आफन्त संग बस्दैआएका छन् ।
अर्काका घरखेतमा ज्यालादारी गरिआएका कटुवाल परिवारको स्वास्थ्य बिमा समेत समयमै नविकरण गर्न नसक्दा परिवारको उपचार गर्नबाट बन्चित हुनुपरेको उनले पीडा सुनाए ।

Leave a Reply

Your email address will not be published.