दमक,११ फागुन । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको कमल गाउँपालिकास्थित आदिवासी रंगशाला निर्माण गर्न आफूलाई नदिएको बताएका छन् ।
दमकमा आज आयोजित पार्टी निकट नेशनल भोलिन्टयर्स फोर्स प्रदेश कमिटि घोषणा सभालाई सम्बोधन गर्दे उनले आदिवासी जनजातिको नाममा रंगशाला बनाउन सकिने भएपनि विभिन्न बहानाबाजी गरेर निर्माण गर्न नदिएको आरोप लगाए । आदिवासी जनजातिको नाममा रंगशालामा राजनीति गरेको उनको भनाई थियो ।
रंगशाला नामको विवाद ठुलो नभएको भन्दै उनले तर बनाउनै दिन्न भने पछि काम रोकिन पुगेको उल्लेख गरे । आफूलाई रंगशाला बन्न नदिएको भन्ने आरोप सत्यता नभएको भन्दै उनले भने, –‘आफू सरकारमा नहुदाँ रंगशाला बनाई छाड्ने भन्नेहरुले यो रंगशाला खोइ त बनाएको त ? बनाएर देखाउदाँ हुन्थ्यो नी ’
उनले यस रंगशाला नेकपा एमालेको सरकारले मात्र बनाउन सक्ने दावी गरे ।