कमल ,११ फागुन । नेकपा एमाले कमल गाउँ कमिटीको आयोजनामा सञ्चालित अन्तर वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि वडा नम्वर ७ ले जितेको छ ।
कमल गाउँपालिका -३ स्थित केर्खा खेल मैदानमा शनिवार सम्पन्न ‘प्रथम कमल एमाले कप’को फाईनलमा वडा नम्बर ३ लाई शुन्यका विरुद्ध ४ गोल गर्दै वडा नम्बर ७ ले उपाधि जितेको हो ।
उपाधिसंगै कमल ७ ले नगद २५ हजार ट्रफी ,मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने उपविजेता बनेको वडा नम्वर ३ ले नगद १५ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा वडा नम्बर ७ का तर्फबाट जर्सी नम्बर १० का सुकबहादुर राई र जर्सी नम्बर ११ मानबहादुर लावतीले दुई,दुई गोल गर्दै आफ्नो टिमलाई विजयी गराउन सफल भए ।फाईनल खेलको म्यान अफ द म्याच र प्रतियोगिताको सर्वोकृष्ट खेलाडी वडा नम्बर ७ का शुक्रबहादुर राई पुरस्कृत भए ।
त्यस्तै प्रतियोगिताको सर्वाधिक गोलकर्ता वडा नम्वर ३ का मनोज गुरुङ (४गोल), उत्कृष्ट गोलकिपर वडा नम्वर ७ का रोशन श्रेष्ठ, वेष्ट डिफेण्डर वडा नम्वर ७ का चन्द्र प्रसाद लिम्बू, वेष्ट मिडफिल्डर वडा नम्वर ७ का चन्द्र प्रकाश लिम्बू, वेष्ट फरवार्ड वडा नम्वर ७ का मान बहादुर लावती घोषित भए ।
प्रतियोगितामा विजेता टिम र खेलाडीलाई कोशी प्रदेशका मुख्य मन्त्री हिक्मत कुमार कार्की, केन्द्रीय सदस्य दिपक कार्की, रोमनाथ ओली, मेनुका काफ्ले,प्रदेश सांसद होम वहादुर थापा लगायतले खेलाडीहरुलाई ट्रफी ,मेडल र प्रमाण पत्र प्रदान गरेका थिए । गत फागुन ७ गतेदेखि शुरु भएको सो प्रतियोगितामा कमलका ७ वटै पार्टी कमिटीले भाग लिएको थियो ।
फाईनल खेल अघि अनेमसंघ कमल गाउँ कमिटी र कमल गाउँपालिकामा नेकपा एमालेबाट निर्वाचित महिला नजप्रतिनिधिहरुवीच मैत्रीपूर्ण खेल गोल रिहत बराबरी भएको थियो ।