ढुङ्गाले लागेर ताप्लेजुङमा एक जनाको मृत्यु

ताप्लेजुङ, ११ फागुन । ढुङ्गाले लागेर ताप्लेजुङमा एक जनाको ज्यान गएको छ ।सिरिजङ्गा गाउँपालिका २ आम्बेगुदिनमा गोरेटो बाटो बनाउने क्रममा आज दिउँसो माथिबाट झरेको ढुङ्गाले लागेर आम्बेगुदिनकै ५६ वर्षका कर्णबहादुर कुँवरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक राजन लिम्बुले जानकारी दिए ।ढुङ्गाले लागेर कर्णबहादुरको घटनास्थलमै ज्यान गएको उनले बताए ।

Leave a Reply

Your email address will not be published.