दमक,१० फागुन । पाँचथर रानीगाउँका पण्डित रमाकान्त खनाल ( चामु पण्डित) का सन्ततीहरुद्वारा तयार गरिएको बंशावलीको बिमोचन र ज्येष्ठ बुबा ,आमा सम्मान कार्यक्रम सम्पन्न गरिएको छ । पाँचथर रानीगाउ मूलथलो भएका पण्डित रमाकान्तका सन्ततिहरुलाई समेटिएको पण्डित रमाकान्त खनालका सन्ततिहरुको बंशावली २०८१ नामक वंशावलीको बिमोचन गरिएको हो ।
वंशावली पुस्तिकाको आज एक कार्यक्रमका बीच कोशी प्रदेशका सांसद राधाकृष्ण खनाल र बंशावली निमार्णका सल्लाहकार समितिका संयोजक तथा कार्यक्रमका अध्यक्ष भाग्यप्रसाद खनालले संयुक्त रुपमा विमोचन गरे ।
कार्यक्रममा बंशावली लेखन तथा सम्पादन समितिका संयोजक ओमप्रसाद खनालले बंशावलीको महत्व र आवस्यकताको बारेमा प्रकास पारेका थिए भने खनाल सेवा समिति झापाका पूर्व अध्यक्ष हेमप्रसाद खनाल, बर्तमान अध्यक्ष तेजप्रसाद खनाल , दमक नगर अध्यक्ष लीलानाथ खनाल, खनाल सेवा समिति उर्लाबारीका अध्यक्ष लेखनाथ खनाल, संरक्षक लोकनाथ खनाल , खनाल बंशको पहिलो बंशावली निमार्ण समितिका सदस्य नेत्रप्रसाद खनाल लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा ज्येष्ठ बुबा १५ जना र ज्येष्ठ आमा १५ जनालाई सम्मान समेत गरिएको थियो । बंशावली निमार्णका सल्लाहकार समिति सदस्य यादव खनालले स्वागत मन्तव्य र खनाल परिवारकी सदस्य रञ्जिता खनालबाट स्वागत गीत प्रस्तुत गरिएको थियो । कार्यक्रमको सञ्चालन बंशावली सम्पादन समितिका सदस्य मोहिनी खनालले गरेका थिए भने कार्यक्रममा बंशावली सम्पादन समितिका सदस्यहरु देवी प्रसाद खनाल, किशोरचन्द्र खनाल,शंकर खनाल,डायमण्ड खनाल लगायत करिव दुई सयभन्दा बढी खनाल बन्धुहरुको उपस्थिति रहेको थियो ।