पथरीशनिश्चरे ,१० फागुन । मोरङको पथरीशनिश्चरे –१ स्थित पञ्चायत माविका कानुन समूहका विद्यार्थीहरूले लेटाङ्ग नगरपालिकाको न्यायिक समितिको ईजालस तथा न्याय निरुपण सम्वन्धी अन्तरक्रिया गरेका छन्।
शुक्रबार कक्षा –११ र १२ का विद्यार्थीहरूले उक्त पालिकाका प्रमुख भुपेन्द्र कुमार लावती , न्यायिक समितिकी संयोजक तथा उप प्रमुख कृष्णकुमारी निरौला पोख्रेल सहितका जनप्रतिनिधिहरुसित अन्तरक्रिया गरेका हुन्।
अन्तरक्रियामा कक्षा १२ की छात्रा प्रभा दाहालले न्यायिक समितिमा वादी प्रतिवादी वाहेक अन्य हेर्न पाउँदैनन् ? भनेर ज्ञिज्ञासा राखेका थिईन भने अर्की छात्रा निमा चेम्जोङ र छात्रा मिमोसा तामाङले न्यायिक समितिले आफ्नो न्यायिक समितिले विवादहरू कसरी निरूपण तथा सम्पादन गर्दछ? भनेर सवाल गरेकी थिइन्।
अन्तरक्रियामा सवालहरूको जवाफहरू दिदै लेटाङ नगरकी उपप्रमुख तथा न्यायिक समितिकी संयोजक निरौलाले विद्यार्थीहरूलाई न्याय सम्पादन , प्रक्रिया र विधिहरूका बारेमा अवगत गराएकी थिईन् । सोहि अवसरमा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सुवेदीले कानुनी जटिलताहरूका विषयमा चर्चा गरेका थिए ।
सोहि क्रममा कक्षा –११ का विद्यार्थीहरूले इजालसमा कसरी न्याय सम्पादन हुन्छ भन्ने प्रत्यक्ष अवलोकन गरेका थिए। न्यायिक निरूपणमा संयोजक जितबहादुर लामा , सदस्य परशुराम निरौला र परामर्शकर्ता शारदा राई समेत सहभागिता रहेको थियो।
उक्त अवसरमा नगरपालिका योजना प्रमुख चेतनाथ गौतम , न्यायिक समितिकी सदस्य मुना सार्की र न्यायिक संयोजक नवीन लिम्बू समेतको सहभागिता रहेको पञ्चायत माविका प्रतिनिधि शिक्षक भूमिप्रसाद पाठकले बताए ।