जसपा झापा, क्षेत्र न. ५ पूर्नगठित

मक,१० फागुन । जनता समाजवादी पार्टी, नेपाल झापा क्षेत्र ५ को पूनर्गठन गरिएको छ । आज दमकस्थित किरात भवनमा सम्पन्न समायोजन तथा पूर्नगठन भेलाले ओममाया आङदम्बेको अध्यक्षतामा १७ सदस्यीय क्षेत्रमा समिति पूर्नगठन गरिएको हो । समितिको उपाध्यक्षद्धयमा लिला बहादुर राई, गंगा दुलाल, सचिवमा दिवाकर राई, सहसचिवमा जगत सम्वाहाम्फे र कोषाध्यक्षमा बविन लिम्बू चयन भएका छन्।
सुज अभियान क्षेत्र नं ५ का संयोजक हरि देवि राईको अध्यक्षता र पार्टीका केन्द्रीय सदस्य नित्यानन्द ताजपुरियाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य भक्त खेवाङ, धनराज सुब्बा, संघिय परिषद सदस्य भवानी आङदम्बे, प्रदेश सदस्य धिरेन लावती, पवन विष्ट, लिम्बुवान समिति सचिवालय सदस्य शुरेश लावती, झापा जिल्ला अध्यक्ष दिपेन बाला राई, जिल्ला कार्यकारिणी सदस्य तथा क्षेत्र नं ५ ईन्चार्ज धिरेन्द्र सम्वाहाम्फे, सहईन्चार्ज भोजकुमार खालिङ, जिल्ला कार्यकारिणी सदस्य राजु खड्का, महिला केन्द्रीय सदस्य गंगा शेर्मा,जिल्ला सदस्यहरु लक्ष्मि सुब्बा, जित बहादुर राई, सुमन चाम्लिङ, दुर्गा तामाङ, दिपक खड्का , दमक नगर अध्यक्ष भेषराज भट्टराई, गौरादह नगर अध्यक्ष रधु राजवंशी,कमल गाउँ अध्यक्ष प्रेम कुलुङ लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.