
दमक ,९ फागुन। दिवंगत बुबाको जन्मदिनको अवसर पारेर दमकका शिवाकोटी परिवारले दमक -४ मा रहेको रत्नजेष्ठ बृद्धाश्रमका बृद्धाबृद्धलाई सहयोग गरेको छ ।
नेपाली कांग्रेस दमक नगर सदस्य मोहन शिवाकोटीका बुबा स्व. ईन्द्रप्रसाद शिवाकोटीको जन्मदिनको अवसर पारेर जेष्ठ नागरिकलाई खाद्यान्न सहित कपडाहरु वितरण गरिएको हो ।
स्व. शिवाकोटीका ५ जना भाई छोरा र तिन छोरी , ज्वाईंको परिवारले आश्रममा आश्रित ८ जना बृद्ध बृद्धालाई खाद्यान्न सहितका सामाग्रीहरु वितरण गरेको हो । आज आश्रममै पुगेर सबै दाल, चामल, तेल सहितका खाद्यान्न र ओढ्ने पछ्यौरा वितरण गरिएको स्व. ईन्द्रप्रसादका ज्वाईं ईश्वरी खरेलले जानकारी दिए ।
बुबाको निधन भएको दिनमा श्राद्ध गरेर स्मरण गरिने भए पनि जन्मदिनमा समेत बुबालाई स्मरण गरिरहनका लागी आमा कृष्णमायाँ शिवाकोटीको सल्लाह अनुसार सामाजिक काम गरिएको छोरा मोहनले बताए । अघिल्लो बर्ष बुबाको आसौचमै भएकाले कुनै कार्यक्रम नगरिएको भन्दै उनले आगामी बर्ष देखि बुबाको हरेक जन्मदिनमा यस्तै सामाजिक कार्य गरेर बुबालाई स्मरण गरिने बताए ।