होमियोप्याथिकमा छ मुसा र खिलको सरल उपचार

-डा. लेखनाथ न्यौपाने
मुसा एक प्रकारको एचपिभि(हिउमन पेपिलोमा) भाइरसका कारण छालाको माथि या छालामा साना साना गाठा आकारको वृद्धि हो । शरीरका कुनै पनि भागमा आउँन सक्ने मुसा जुन ठाउँमा देखिन्छ नाम पनि त्यही अनुसार राखिएको हुन्छ । केहि मुसाको प्रकृतिलाई भने कमन वाट्र्स भनेर पनि चिनिन्छ ।
कमन वार्टस् : सानासान र कडा प्रकृतिका एउटा वा धेरैको संख्यामा मुख्य गरेर हात, औला, घुँडा र कुइनामा देख्न सकिन्छ । यस्तो प्रकृतिका मुसा कमन वार्टस् हुन् ।
फ्ल्याट वार्टस् : केहि चौडा प्रकृतिका र तिखा नभएर सिरानमा पनि चौडा देखिने, मुख्य गरेर अनुहारमा आउँने मुसालाई फ्ल्याट वार्टस नाम दिइएको हो ।
प्लान्टर वार्टस् एण्ड कर्न – खुट्टाका पैतालामा आउने मुसालाई भनिन्छ प्लान्टर वार्ट । यस्ता मुसा र पैतालामा आउने खिल (कोर्न)मा फरक कमै हुँने, दुबै दुख्ने हुन्छन् तर खिल भने छालामुनीबाट आउँने डेड टिस्यु भएकाले धेरै दुख्ने हुन्छ र लगातार वढीरहने हुँदा विरामीले छालाको भागमाथी ब्लेडले काटने गरेको पाग्न्छ । यसरी नै हातमा पनि खिल या मुसा पनि आउने गर्छ । छुट्याउने तरिका भनेको छाला माथिबाट आउँने मुसा र छालामुनीबाट खिल आएको हुन्छ । खिल थिच्दा धेरै दुख्छ भने मुसा धेरै दुख्तैन ।
पिलिफर्म वार्टस् – लामो, पातलो, धेरैजसो मुख र नाकको वरिपरि आउँने मुसा फिलिफर्म वार्टस् हो । हेर्दा पनि नराम्रो देखिने र अनुहारमा आउँने हुँदा विरामीले चाडै उपचार खोजेको देखिन्छ ।


पेरिङ्गल वार्टस् – हात या खुट्टाका औलामा आउँने पेरिङ्गल मुसा निक्कै पिडा दिने र औषधिले पनि निको बनाउन निक्कै समय लगाउने प्रकृतिका हुन्छन् । चिसोको लगातार प्रयोग, साबुन पानी अनि खुट्टामा मोजा लगाएर ओसिलो बनिरहने हुँदा परिङ्गल वार्टस् फैलिने गर्छ ।
जेनाइटल वार्टस् – महिला या पुरुषका प्रजनन अङ्ग वरिपरि अनि गुदाद्धारमा देखिने मुसा विशेष गरेर असुरक्षित यौन सम्पर्कबाट हुँने गरेको पाइन्छ । तर कसै कसैमा कुनै कारण नभए पनि जेनाइटल वार्टस् आउने गरेको पाइन्छ ।
खिल (कोर्न) –  खिललाई मकैबाट लिइएको शव्द भनिन्छ । मकैको दाना हेर्दा बाहिरबाट कडा देखिए पनि भित्रबाट नरम हुन्छ । पैताला या हत्केलामा देखिने खिल धेरैजसो जहाँ धेरै दबाब या घर्षण पर्छ त्यहाँको छाला मर्छ र त्यही मरेको छाला बाक्लो भएर गाठोको रुपमा परिणत हुन्छ । त्यसैले भित्र केस्रा केस्रा जस्तो गरेर बाहिर निस्कने गर्छ । नसामा टच भएका कारण खिल दुख्ने गर्छ । खिल धेरैजसो खुट्टाको औला, पैताला र हत्केला अनि औँलाहरुमा देखिन्छ । खाली खुट्टा हिँडने, बोसो कम भएका, पातला मानिस र मोटा मानिसमा दबाबका कारण खिल देखिन्छ ।
उपचार – खिल र मुसाको उपचार अन्य पद्धतिमा अप्रेसन या विजुलिको सहयोगमा डडाउने(कटराइजेसन) हो तर होमियोप्याथिकमा भने औषधिको सेवनबाट सहजै पिडारहित कम खर्चमा निको हुन्छ र फेरि आउने सम्भावना पनि नगण्य हुन्छ ।
थुजा – धेरै प्रकारका गाठागुठी, पोलिप र ग्रन्थी वढेकामा अत्यन्तै राम्रो काम गर्ने थुजा अन्य विभिन्न रोगहरुमा पनि उपयोगी औषधि हो । शरीरका कुनै पनि भागमा आएको मुसा या खिलमा प्रयोग हुँने थुजाका लक्षणमा छालामा आउँने पसिना गुलियो स्वादको, छाला फोहारी देखिने, नुहाएपछि छाला चिलाउँने, छालामा नदुख्ने गाढागुठी खिल, मुसा आदि आउँने, कोट्याएमा मुसामाट रगत आउँने र विशेष गरेर फुलकोपी जस्तो आकारमा मुसा देखिएमा थुजाको ३० या २०० पावरमा केहि डोज दिएर रिजल्ट पर्खिनु पर्छ ।
डल्कामारा – विशेष गरेर चिसो, भिजेको र राम्रोसँग घाम नलाग्ने ठाउँमा बसोबास गर्ने मानिसमा रुघामर्की(एलर्जी) लागिरहने, रुघा होस या खोकी या आउँमा धेरै चिप्लो(म्यिुकस) जाने, हातखुट्टाका जोर्नी दुख्ने सुन्निने, जस्ता समस्यामा पनि उपयोगी डल्कामारा मुसामा पनि उपयोगी हुन्छ । सामान्य भन्दा ठूला आकारमा, च्याप्टा, संख्यामा धेरै, छाम्दा नरम लाग्ने, विशेष गरेर हातखुट्टामा देखिने हुन्छ । विरामीको बसाई यदि माथि भनिएको स्थानमा हो भने र छालामा अन्य समस्या जस्तै रिङवर्म, राता डाबर, मसिना दाना(इरुप्सन) आउने, ज्यादै चिलाउने, चिसोको प्रयोगले वढने भएमा डल्कामारा ३० या २०० को केहि डोज दिएर रिजल्ट पर्खिनु पर्छ ।
कस्टिकम – धेरै पैकारका रोगमा उपयोगी कस्टिकमको मुख्य एक्सन सेन्सरी र मोटर दुबैमा नसा(नर्भ)मा, मांसपेशी, कंठ(ल्यारिङ्स), मुत्र प्रणाली, मलासय र छालामा हुन्छ । कुनै पनि पक्षघात विशेष गरेर शरीरको कुनै भाग र अङ्गमा हुँने, शरीर विस्तारै कमजोर हुँदै जाने र पक्षघात देखिएमा साथमा चिसो हावाको प्रभाव, चिसो तर सुख्खा मौषममा वढने, हातखुट्टा काम्ने, कमजोरी वढदै जाने र पक्षघात या शरीरिक कमजोरी देखिएमा अत्यन्तै उपयोगी औषधि हो कस्टिकम । भिजेको मैषम, धुम्मधाम्म, चिासो, र चिसो सेवनले आराम महशुस हुँने, पोलेको जस्तो, घाउ दुखे जस्तो र कामेको महशस हुने, ओच्छायानको तातोले आराम हुने मुख्य लक्षण हो यो औषधिको । यसरी नै छाला फुट्ने, विशेष गरेर फोल्ड(खम्चिने स्थान)मा घाउ खटिरा आउँने, चिलाउँने, ठूला आकारका एउटा या धेरैवटा मुसा आउँने, सजिलै या सानो असरबाट रगत बग्ने, औलाका टुप्पामा मुसा आउने जस्ता लक्षण र चिन्ह् देखिएमा यो औषधिको ३० या २०० पावरको केहि डोज दिएर हेर्नु पर्छ । औषधीको असर लामो समयसम्म रहने हँदा चाडोचाडो डोज रिपिट गर्नु हुँदैन ।
एन्टिम क्रुड – धेरै खाने र खाएर नअघाउँने प्रकृतिका मानिसको शरीरमा पाचनक्रियामा समस्या र मस्तिष्कमा प्रभावकासाथै छालामा पनि असर देखिउँ एन्टिम क्रुडले । मन अस्थिर हुँने, चाँडै रिसाउने, दुष्ट स्वभाव भएका, बोल्न पनि नरुचाउँने विशेष गरेर केटाकेटीमा यदि पाचन समस्या भएमा, ठूला मानिसमा आफै सुट गरेर मर्न चाहने, मुनलाईमा रोमान्टिक हुँने, डरपोक पेटमा अपच भएका कारण बाक्लो सेतो दुधजस्तो लेप जिब्रोमा रहेमा मुसा खिललगायत धेरै रोगमा उपयोगी औषधि हो एन्टिम क्रुड । छालामा, सिङ आकार जस्ता मुसा या खिल आँउने, छुँदा, थिच्दा धेरै दुख्ने, नङको वरिपरि र मुनी मुसा खिल आउँने, नङको आकार र सुन्दरता बिगार्ने, नङ फुटन्े, राम्रोसँग नवढने, टुक्रिने, विशेष गरेर पैतालामा खिल आउँने, खुट्टा टेकेर हिँडन कठिन हुँने, पैतालो टेक्ने ठाउँमा लगातारको दबाब या टाइट जुत्ताका कारण कोषहरु मर्न गई खिल बन्ने र बाहिर निस्कि रहने, बिलेडले काट्नु पर्ने जस्ता लक्ष्णासँगै पैतालाको हिलमा कोलासिटिज(एबनर्मल ग्रोथ)का कारण टेक्न कठिन हुने, विशेष गरेर तिखो या साना ढुङ्गामा टेक्न कठिन भएमा यो औषधिको ३० या २०० केहि डोज दिएर रिजल्टको प्रतिक्षा गर्नुपर्छ ।
एसिड नाइट्रिक – हरेक समय कमजोरी महशुस गरिरहने, छाला र भित्री भागको मिलन भएका ठाउँमा घाउ हुँने, मुसा या खिल आउँने, फुटन्े, रगत आउँने हात या पैतालामा गहिरो गरेर च्यातिने, चिलाउने, रगत आउने, कुनै तिखो बस्तुले घोचेको(स्पिलिन्टर) जस्तो दुख्ने, दुध र चिल्लो खानेकुरा पचाउन नसक्ने प्रकृतिका विरामीमा उपयोगी औषधि हो एसिड नाइट्रिक । विशेष गरेर जेनाइटल वार्टस्(यौन अङ्ग आउने मुसा)मा उपयोगी यो औषधिमा पनि हर्नी(सिङ) जस्तो र सजिलै रगत बग्ने, दुख्ने प्रकृतिका मुसालाई जरैदेखि निको पार्छ यो औषधीले । यसरी नै पायल्स रोगमा रगत धेरै जाने, कमजोरी भइरहने, रगत बग्ने प्रकृतिका गाठागुठी या सिस्ट(पानी फोका) पनि उपयोगी औषधि हो एसिड नाइट्रिक । यसको ३० या २०० पावरमा केहि खोराक दिएर रिजल्ट पर्खिनु पर्छ ।
एनाकार्डियम ओरी – आत्माशक्ति कमजोर, चाडै विर्सने, सड्न फर्गेटफुलनेस, हातखुट्टा कामेको जस्तो हुँने, भोक लागिरहने, खाएपछि केही क्षण शक्ति आएको महशुस हुँने तर चाडै भोक लाग्ने र कमजोर महशुस हुँने, पेट दुख्ने खाएपछि केहि घण्टा आराम हुँने, खाली पेटमा धेरै पेट दुख्ने(पेप्टिक अल्सर ) जस्ता प्रकृतिका मानिसमा उपयोगी औषधि हो एनाकार्डियम । विशेष गरेर हात(पार्म)मा मुसा आउने गर्छ एनाकार्डियममा । नेट्रम म्योरमा पनि हत्केलामा मुसा आउने लक्षण छ ।
(लेखक, दमकका पूराना होमियो चिकित्सक हुन् )   dr.lekhnathneupane@gmail.com

Leave a Reply

Your email address will not be published.