प्रजातान्त्रिक आन्दोलनका योद्धा दाहाल सम्मानित

झापा,८ फागुन । प्रजातान्त्रिक आन्दोलनका योद्धा नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति पूर्णानन्द शर्मा दाहाललाई सम्मान गरिएको छ ।
भरत बाबु (सिके प्रसार्ईं) को २८औँ स्मृति दिवसमा आइतवार विर्तामोडमा उनलाई सम्मान गरिएको हो ।

कांग्रेसको विरासतलाई गर्विलो उचाइमा पु¥याउन उनले खेलेको भूमिकाको कदर गर्दै शर्मालाई सम्मान गरिएको सिके चिन्तन प्रतिष्ठानका अध्यक्ष टीका प्रसाईंले बताए ।
कमल ५ मंगलवारे निवासी वयोवृद्ध सम्मानित ब्यक्तित्व दाहाललाई प्रमुख अतिथि नेपाली कांग्रेसका महामन्त्री बिश्वप्रकाश शर्मासहित प्रतिष्ठानका संरक्षक विवेककेशरी प्रसाई, संगिता प्रसाई, सभापति टिकाप्रसाद प्रसाईंले सम्मानपत्र र दोसल्ला प्रदान गरेका थिए ।

सोही कार्यक्रमका बीच प्रतिष्ठानले शैक्षिक क्षेत्रमा प्रारम्भ गरेको सहयोग यसबर्ष अर्जुनधारा नगरपालिका–४ स्थित लक्ष्मी आधारभूत विद्यालयलाई नगद ५१ ह्जार हस्तान्तरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.