कमल ५ सिम्लेमा कांग्रेसमा पार्टी प्रवेश

कमल,८ फागुन । विभिन्न पार्टी परित्याग गरि आइतवार झापाको कमल गाउँपालिकामा २८ जना सर्वसाधारण नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेकपा एमाले, माओवादी केन्द्र लगायतका दल त्यागेर कमल ५ सिम्ले,चाँजुका २८ जना कांग्रेसमा प्रवेश गरेका हुन् ।
कांग्रेसमा प्रवेश गरेकाहरुलाई कांग्रेस वडाले सिम्ले तथा फक्तालुङ टोल समिति गठन गरिएको पार्टीका क्षेत्रीय प्रतिनिधि उमेश तुम्रोकले बताए । स्थानीय अगुवा तुम्रोकसहित क्षेत्रीय प्रतिनिधि आइतहाङ सुब्बाको अगुवाईमा पार्टी प्रवेशसहित टोल समिति गठन गरिएको वडा सभापति चन्द्रसिंह राईले बताएका छन् ।

Leave a Reply

Your email address will not be published.