चुम्लुङ झापा उत्कृष्ठ शाखा घोषित

दमक,८ फागुन । किरात याक्थुङ चुम्लुङ झापा जिल्ला शाखा देशभरिका चुम्लुङ शाखा मध्ये उत्कृष्ठ शाखा घोषित भएको छ ।स्वदेशका १३ वटा र प्रवासका १८ वटा चुम्लुङ शाखाहरु मध्ये यसवर्ष झापा जिल्ला शाखा उत्कृष्ठ घोषित भई पुरस्कृत भएको छ ।
चितवनमा आयोजित किरात याक्थुङ चुम्लुङको २४ औं राष्ट्रिय चुम्लुङ्ग बैठकको उद्घाटनमा चुम्लुङमा महत्वपूर्ण योगदान पुरयाँँएवापत झापा शाखासहित विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान गरिएको थियो ।
चुम्लुङ्ग संघीय समितिले जिल्ला शाखाहरुको गतिविधिलाई मूल्याङकन गरि उत्कृष्ठ शाखालाई पुरस्कृत गरिआएको छ ।चुम्लुङ्ग झापाले चुम्लुङ्गको उद्देश्य अनुरुप विभिन्न कार्यक्रम नियमित रुपमा सञ्चालन गरिआएको जिल्ला अध्यक्ष शेसेहाङ फियाकले बताए । सोमबारसम्म चल्ने बैठकमा जिल्ला शाखाहरुले प्रतिवेदन प्रस्तुत गरेका थिए ।
किरात याक्थुङ चुम्लुङको बैठक चितवनमा
आइतबारदेखि भरतपुरमा सुरु भएको २४ आँै राष्ट्रिय चुम्लुङ बैठकको प्रदेश १ का पूर्वप्रदेश प्रमुख प्रा. डा. गोविन्दबहादुर तुम्वाहाङले शुभारम्भ गरे ।उनले बैठकको शुभारम्भ गदैं उनले धर्म संस्कृतिको जगेर्ना गर्नु पहिलो कर्तव्य भएको औल्याए । उनले लिम्बू समुदायको भाषा, संस्कृति संरक्षणमा पहिला आफ्नै समुदाय एक भएर लाग्नुपर्ने जोड दिए ।
कार्यक्रममा चुम्लुङकी केन्द्रय सल्लाहकार चन्द्रमायाँ लिम्बू, प्रदेशसभा सदस्य उत्तम जोशी, बिनु रायमाझी, ईश्वर सापकोटा, भरतपुर महानगरपालिका–१० का वडाध्यक्ष परमेश्वर खनाल, चुम्लुङका पूर्वकेन्द्रीय सदस्य नरेन्द्र कन्दङ्वालगायतले बोलेका थिए ।

बैठकमा १३ जिल्लाका दुई सय ८८ जना प्रतिनिधि सहभागी छन् । दुई दिनसम्म सञ्चालन हुने उक्त बैठकले आगामी कार्यदिशा र आफ्ना मागका विषयमा छलफल गर्ने चुम्लुङका जिल्ला अध्यक्ष जनक लिम्बूले बताए । नेपालमा लिम्बू समुदाय तीन लाख ८७ हजार तीन सय रहेका मध्ये चितवनमा आठ सयदेखि एक हजारबीचमा रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published.