पोल्ट्री फार्मले दुर्गन्ध फैलियो,व्यवस्थित गर्न माग

दमक,८ फागुन । झापाको दमक—१० सेतुमारीस्थित हाईटेक पोल्ट्रीद्वारा सञ्चालित कुखुरा फर्मको दुर्गन्धले स्थानीयवासी चिन्तित बनेका छन्।खोलापारी रहेको फर्मको सुलिको दुर्घन्धले वारी उर्लाबारी—९को बोर्डरलाईन,थक्लुङ लगायतका बस्तीमा स्थानीयको स्वास्थ्यमा प्रत्यक्ष असर पुर्याएको गुनासो उनीहरुको छ । धेरै जसो बिरामी छन् । फार्मले जनजीवन कष्टकर बनाएको भन्दै स्थानीयले दुर्गन्धबारे सचेत गराएका छन्।
उर्लाबारी—९ का वडा सदस्य गणेश किम्दाङ राई, बोर्डरलाईन गाउँटोल बिकासका अध्यक्ष राजन रायमाझी,सचिब रोजबहादुर बस्नेत लगायत सयौं स्थानीयले पोल्टीको दुर्गन्धले असर पुर्याएकाले त्यसलाई अबिलम्ब दुर्गन्ध न्यूनीकरण गर्न माग गरेका हुन्।
‘सुली गन्हाएर खाना पनि मजाले खान सकिदैन, बान्ता नै हुन्छ, टाउको दुख्छ, स्थानीय मीना खवासले भनिन्, ‘ खानामात्र हैन, दुर्गन्धले राम्ररी निदाउन पनि सकिदैन्। मीनाको अनुसार गाउँमा धेरैजसो घरमा बालबालिका छन्, जेष्ठ नागरिक पनि । बालबालिका र बिरामीहरुको स्वास्थ्यमा झनै प्रतिकुल असर गरेको छ ।
फार्मको फोहोरका कारण झिँगा भन्केर खाना खान समस्या हुनका साथै बालबालिकाहरु बिरामी पर्नेलगायतका समस्या देखिएको स्थानीय ललिता पोमुले गुनासो गरिन।
सो फार्मले मरेको कुखुरा खुला ठाउँमा फ्याँक्दा स्यालले खाई जथाभावी फैलिने गरेकाले अर्को समस्या थपिएको छ ।कुखुरा फार्मले जथाभावी मरेको कुखुरा फ्याँक्दा अहिले सो गाउँमा दुर्गन्धको समस्या बढ्नुका साथै स्यालको आतङ्कसमेत फैलिएको पोमुले बताईन् ।
अहिले खोलाको र बाटोघाटोको समस्या छैन् । पिच बनेको छ, तटबन्धन भएकोछ । एउटा न एउटा समस्याले स्थानीयलाई छोडेको छैन् । शहरको कोहाहल प्रदुषित बाताबरण भन्दा गाउँकै हावापानी आँहा कति राम्रो हुन्छ, तर हामीलाई भने ठिक उल्टो छ, स्थानीय भक्त राईले भने, ‘ फर्मले दुर्गन्ध नियन्त्रण नगर्ने हो भने गाउँ छोड्नुको बिकल्प छैन् ।
उनका अनुसार हुन पनि हामी स्थलगत ठाउँमा पुग्दा सुलीको उचित ब्यवस्थापन थिएन्। खाल्डा खनेर जथाभावी राखिएको थियो।कसैले ब्यवसाय नगरोस भन्ने नभएर व्यवस्थित हुनु पर्ने आफूहरुले कुरा उठाएको बोर्डरलाईन गाउँटोलका अध्यक्ष राजन रायमाझी बताउँछन् ।
पोल्ट्री फर्मबाट निस्कने सुली र फुटेको अण्डाले दुर्गन्ध र झिंगाका कारण गाउँमा बस्नै नसकिने स्थिति सृजना हुदै आएको उनले बताए । उनले भने, ‘झिंगाले गाउँ र घरमा बस्न नसकिने अवस्था छ, आफूहरू झुल लगाएर खाना खान बाँध्य छौं ।’
अध्यक्ष रायमाझीले आफूहरुको माग सम्बोधन नगरे कडा आन्दोलन चाल्ने र त्यसको ठुलो क्षति स्वयम सञ्चालकले बेहोर्नु पर्ने चेतावनी दिए । फार्मको दुर्गन्धले त्यहाँ सञ्चालन भएको होटल ब्यवसायमा समेत असर परेको मात्र छैन, भोजभतेरका कार्यक्रम पनि खल्लो हुने गरेको उनीहरुको भनाई छ ।
पोल्ट्री फर्मका सञ्चालक माधव पराजुलीले प्रदूषण र झिंगाको समस्या भएको स्विकारे । उनले समस्या समाधान गर्ने आश्वासन दिए।
जनताको स्वास्थ्यको अधिकार सुनिश्चित गर्न वडा कार्यालय सचेत रहेको उर्लाबारी—९ का वडाअध्यक्ष नरबहादुर मोक्तानले बताए। उनले भने,–‘ फार्मले दिएको दुखबारे गुनासो आएको छ । यसबारे स्थानीय र सञ्चालक वच छलफल राखेर निकास निकाल्ने छौ।’

Leave a Reply

Your email address will not be published.