फाल्गुनन्द ३ का वडाध्यक्ष नेम्वाङको निधन

फिदिम,७ फागुन । पाँचथरको फाल्गुन्द गाउँपालिका -३ का वडाध्यक्ष सुखबीर नेम्वाङको निधन भएको छ । ५६ वर्षीय नेम्वाङ घाँटीको क्यान्सरबाट पीडित थिए ।
उनको बुधबार बिहान फाल्गुनन्द ३ पौवासार्तापस्थित घरमा निधन भएको गाउँपालिका अध्यक्ष बृजहाङ आङदेम्बेले जानकारी दिए । उनलाई लामो समयको उपचार पश्चात भक्तपुर क्यान्सर अस्पतालले दुई साताअघि घर फर्काएको थियो ।
नेपाली कांग्रेस फाल्गुनन्द गाउँपालिका सभापति समेत रहेका नेम्वाङ २०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा फाल्गुनन्द -३ को वडाध्यक्षमा निर्वाचित भएका थिए । उनी कुशल भलिवल खेलाडी समेत हुन् ।

Leave a Reply

Your email address will not be published.