दमकमा सहकारीको प्रदेशस्तरीय गोष्ठी सुरू

दमक ,७ फागुन । यहाँस्थित मेची बहुउद्देश्यीय सहकारी संस्थाले रजत वर्षको सन्दर्भमा शनिवारदेखि दुई दिवसीय प्रदेशस्तरीय सहकारी कार्यशाला गोष्ठी शुरु भएको छ ।
संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईको अध्यक्षतामा आयोजित प्रदेशस्तरीय कार्यशालामा झापा, मोरङ, सुनसरी, धनकुटा, इलाम र पाँचथरबाट सयौं सहकारीकर्मीको सहभागिता रहेको छ । प्रभातफेरीबाट सुरूवात गरिएको आजको कार्यक्रम शुभकामना मन्तब्य राख्दै राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले मोफसलको संस्थाले गरेको रचनात्मक कार्यहरूको मुक्तकण्ठले प्रशंसा गरिन् ।
गोष्ठी उद्घाटन कार्यक्रममा संस्थाका अध्यक्ष भट्टराईले कार्यशाला गोष्ठीको औचित्य प्रकाश पारेका थिए भने प्रमुख कार्यकारी अधिकृत खोमप्रसाद बगालेले संस्थाको साङ्गोपाङ्गो परिचय गराएका छन् । गोष्ठीमा सहकारीका विज्ञतामार्फत सहकारी ,सहकारी कानून , कार्यान्वयनका चुनौती,संभावनाका बारेमा विभिन्न चारवटा कार्यपत्र प्रस्तुत हुने छन् भने त्यसमाथि टिप्पणी समेत गर्ने कार्यक्रम रहेको अध्यक्ष भटटराईले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published.