माओवादी केन्द्र दमकको अध्यक्षमा पुनः बस्नेत

दमक,७ फागुन । नेकपा माओवादी केन्द्र दमक नगर कमिटीको अध्यक्षमा पुनः कुल बहादुर बस्नेत (रवि )  निर्वाचित भएका छन् ।बालुवाटारस्थित पार्टी कार्यालयमा आज सम्पन्न दोस्रो नगर अधिवेशनको निर्वाचन कार्यक्रमबाट युवा व्यवसायी बस्नेतको अध्यक्षतामा ५५ सदस्यीय नगर कमिटी चयन गरिएको छ ।
सर्वसम्मत निर्वाचित कमिटीको उपाध्यक्षहरुमा नबराज सुबेदी,रूद्र कार्की , सुवास गडतौला, शान्ति धिमाल, सुस्मा अधिकारी , सचिवमा डम्बर बोहोरा ,सहसचिबहरुमा युवराज गजमेर,सुन्दर देवान,असिम राई, शान्तिराम भट्टराई ,कोषाध्यक्षमा पदम सापकोटा ,कार्यलय सदस्यमा प्रकाश तिम्सिना लगायत चुनिएका छन् ।
तिनदिन सम्म चलेको बन्दसत्रको कार्यक्रममा विभिन्न सेक्टर र वडाहरुबाट २२१ प्रतिनिधिहरुको सहभागिता रहेको थियो । नगर अधिबेशनको उद्घाटन पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकल दाहाल (प्रचण्ड)ले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.