प्रेस युनियनद्धारा आश्रममा खाद्यन्न सहयोग

दमक,७ फागुन । ७५ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर लोकतन्त्रवादी पत्रकारहरुले झापाको दमक -९ मा रहेको अनाथ बालआश्रमलाई खाद्यन्न सहयोग प्रदान गरेका छन् ।
नेपाल प्रेस युनियनको माइपश्चिम क्षेत्रीय समिति दमकको आयोजनामा बुधबार आश्रम परिसरमा संक्षिप्त कार्यक्रम गरेर तरकारी तथा अन्य खाद्यन्न सहयोग हस्तान्तरण गरेका हुन् ।युनियनले प्रजातन्त्र दिवसको मर्म र भावना अनुसार आश्रममा आश्रित बालबालिकाहरुलाई सो सहयोग प्रदान गरेको युनियनका क्षेत्रीय अध्यक्ष बिष्णु पौडेलले जानकारी दिए ।
नेपाली कांग्रेस झापा क्षेत्र नं ५ खका सभापति रवि केसीको प्रमुख आतिथ्य र कांग्रेस महासमिति सदस्य एवं युवा नेता अइन्द्रविक्रम केरुङको विशिष्ट आतिथ्यमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका राष्ट्रिय प्रतिनिधि परिषद सदस्य बिष्णु सुब्बा, कांग्रेस दमक- ५ का वडा सभापति चैतन्य बराल लगायतले आश्रम सञ्चालक समिति सदस्य हिमा भट्टराई र लेखा संयोजक नारायण अधिकारीलाई खाद्यन्न सहयोग स्वरुप हस्तान्तरण गरेका क्षेत्रीय उपाध्यक्ष नगेन्द्रमणी न्यौपानेले जानकारी दिए ।
युनियनले यस अघि स्थापना दिवसको अवसरमा प्रेस स्वतन्त्रताका बिषयमा अन्तरक्रियात्मक कार्यक्रम, विरामीलाई फलफूल वितरण, बिरामी पत्रकारलाई उपचार सहयोग हस्तान्तरण लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published.