पत्रकार भट्टराई पुरस्कृत

झिलझिले,७ फागुन । शिवसताक्षीस्थित दुधे निवासी पत्रकार सरोज भट्टराई मनाहाङ सेलिङ स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । ७२ औं प्रजातन्त्र दिवसका अवसर पारेर शनिवार शिवसताक्षीस्थित सताक्षी प्रेस क्लबले आफनो पाचौं बार्षिक साधारण सभाका अवसर पारेर पत्रकार भट्टराईलाई नगद रु १० हजार १ सय ,प्रमाणपत्रसहित पुरस्कृत गरेको हो ।

लामोसमयदेखि स्थानीय क्षेत्रलाई कार्यक्षेत्र बनाएर क्रियाशील भट्टराईलाई नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्मा, पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई लगायतले सम्मान प्रदान गरेका थिए ।उनी साझामञ्च अनलाइन न्यूज पोर्टलका सहसम्पादक हुन् ।
सोहि अवसरमा पुरस्कृत भएका पत्रकार भट्टराईले आफूले प्राप्त गरेको पुरस्कारको राशीमा रु ५ हजार थपेर क्लवको भवन निर्माणका लागि एकमुष्ठ रु १५ हजार १ सय सहयोग उपलव्ध गराएका थिए ।
दुधेस्थित राष्ट्रिय रमणीय आदर्श माबि को सभाहलमा आयोजित साधारणसभामा सञ्चारकर्मी,सामाजिक संघसंस्थाका प्रतिनिधि,राजनीतिक दलका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम क्लबका अध्यक्ष सेलिङ केसीको अध्यक्षतामा भएको थियो भने सञ्चालन साहित्यकार दिलिप घिमिरेले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.