दमक,६ फागुन । होलसेल व्यवसायी संघ दमकले शनिवार नवनिर्वाचित कार्यसमितिको पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।मोरङको पथरीस्थित भुल्केमा रहेको शान्तिवाटिकामा शुक्रवार एक कार्यक्रमका गरि पदहस्तान्तरण गरिएको हो ।
झापा ५ प्रदेश सभा (२ ) का सदस्य होमबहादुर थापाको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा संघका निर्वतमान अध्यक्ष रिंगकुमार आचार्यले नवनिर्वाचित अध्यक्ष राम रिमाललाई बैठक पुस्तिका प्रदान गरेर पदहस्तान्तरण गरेका थिए ।
त्यस अवसरमा दमक नगरपालिकाका निर्वतनमान प्रमुख रोमनाथ ओली, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई, दमक चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्रकुमार ढकाल, अग्रज व्यवसायीहरु अजय अग्रवाल, बबरजंग थापा लगायतको उपस्थिति रहेको थियो ।
संघको गत फागुन २ गते दमकमा सम्पन्न दोश्रो अधिबेशन तथा तेश्रो साधारणसभा ले रिमालको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।यसैगरि, सोहि अवसरमा संघको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले हालै सम्पन्न संघको अधिबेशनमार्फत निर्वाचन सम्पन्न गराउन सहयोग पुरयाँउने सवैप्रति आभार प्रकट गर्नुका साथैं पाँच सदस्यीय एक सल्लाहकार समिति समेत गठन गर्ने निर्णय भएको सचिव शंभुप्रसाद खतिवडा ( रमेश) ले बताए । सल्लाहकार समितिको संयोजकमा काशीनाथ थपलिया, सहसंयोजकमा मैयादेवी आचार्य र सदस्यहरुमा विक्रमकुमार साह,ज्ञानु पौडेल,भक्तबहादुर बस्नेत रहेका छन् ।