सुधार केन्द्रमा राखिएकी महिलाको मृत्यु

झापा ,६ फागुन । जिल्लाको अर्जुनधारा नगरपालिका–११ स्थित क्षितिज महिला विकास सुधार केन्द्रमा राखिएकी एक महिलाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका–१० माइधार बस्ने ३२ वर्षीया सुष्मा लिम्बू रहेकी छन् ।मदिरा सेवनका कारण परिवारले फागुन ३ गतेदेखि सुधार केन्द्रमा उपचारका लागि राखिएकी थिइन् ।
मंगलबार बिहान करिब ९ः१५ बजे अचानक पेट दुखेपछि उनलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएकोमा मंगलवार राती उनको उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेको अस्पताल स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.