दमक ,६ फागुन । दमक -१ स्थित चुलाचुली अंग्रेजी बोर्डिङ स्कूलले अन्तर सदनात्मक छात्र, छात्रा बाँस्केटबल प्रतियोगिता सम्पन्न गरेको छ । माघ ३० देखि सुरु भएको प्रतियोगिताको सोमबार सम्पन्न फाइनलमा छात्रतर्फ प्रिजा राई र छात्रातर्फ क्यामेलिया सदन विजयी भएको छ । छात्रमा युनिश भट्टराई र छात्रामा अर्किड सदन उपविजेता बन्यो । उत्कृष्ठ खेलाडीमा प्रिजा राई सदनका बिक्रान्त सम्बाहाम्फे र क्यामेलियाकी दृष्टि सम्बाहाम्फे घोषित भइ पुरस्कृत भईन् ।
उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि पूर्व राजदूत डा. नोवलकिशोर राई, विद्यालयका संस्थापक निर्देशक मनोज राई, प्रिन्सिपल चन्द्रप्रकाश राईले पदक तथा प्रमाणपत्र वितरण प्रदान गरेका थिए । शैक्षिक क्षेत्रमा अग्रडी यस स्कूलले बार्षिक कार्यक्रम अन्तर्गत अन्तरसदनात्मक विभिन्न खेलकुदका गतिविधिहरु नियमित रुपमा आयोजना गरिआएको छ ।