ऋणी सदस्य राजवंशीको १ लाख रुपैयाँ भन्दा बढि कर्जा मिनाहा

झापा, ४ फागुन । झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको कर्णाली सहकारी संस्थाले आफ्ना एक सदस्यको निधन भएकोमा उनले लिएको १ लाख रुपैयाँ भन्दा बढि कर्जा मिनाहा गरिदिएको छ । सहकारीको भद्रपुर सेवा केन्द्र अन्तर्गतकी शेयर सदस्य उर्मिला राजबंशीको निधन भएकोमा उनले लिएको कर्जा रकम सहकारीले मिनाहा गरिदिएको हो ।
राजबंशीको निधन भएको नवांै पून्यतिथिका दिन आज कर्णाली सहकारीका अध्यक्ष टसबहादुर श्रेष्ठ नेतृत्वको सहकारीको टोलीले १ लाख १४ हजार रुपैयाँ कर्जा रकम मिनाहा गरिदिएको सहकारीको भद्रपुर सेवा केन्द्र प्रमुख सुजन भण्डारीले जानकारी दिए ।
स्व. राजबंशीले कर्णाली सहकारीबाट २०७६ माघ २३ गते २ लाख ५० हजार रुपैयाँ कर्जा लिएकी थिइन् । उक्त रकमको साँवा र ब्याज नियमित रुपमा तिर्दै आएकोमा उनको गत माघ २४ गते निधन भएको थियो । संस्थाका कुनै सदस्यले लिएको कर्जा नियमित किस्ता तिर्दै गर्दा निधन भएमा बाँकी रकम मिनाहा गर्ने संस्थाको नियम अनुसार उक्त रकम मिनाहा गरिदिएको भद्रपुर सेवा केन्द्र प्रमुख भण्डारीले बताए ।
सहकारीको टोलीले कर्जा रकम मिनाहा गर्नुका साथै मानोचामल स्वरुपको केही रकम समेत परिवारलाई हस्तान्तरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published.