नेविसंघ फूटसलको उपाधि चुलाचुलीलाई

दमक,५ फागुन । नेपाल विद्यार्थी संघ कमल गाउँपालिकाले सञ्चालन गरेको अन्तर पालिका स्तरिय फूटसल प्रतियोगिताको उपाधि नेविसिंघ चुलाचुली,इलामले पाएको छ ।
बुधबार दमक -९ स्थित रणभूमि फूटसल मैदानमा आयोजित फूटसलमा नेविसंघ दमकलाई हराउदै चुलाचुलीले उपाधि जितेको हो । एक दिने मैत्रीपूर्ण फूटसलमा आयोजक कमल नेविसंघसहित दमक, गौरादह र चुलाचुली नेविसंघको सहभागिता रहेको थियो ।
नेविसंघबीच सांगठानिक सुढृणिकरण गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता विजेता,उपविजेता खेलाडीहरुलाई पुरस्कार समेत प्रदान गरिएको नेविसंघ कमलका कार्यवहाक सभापति अनिल सम्बाहाम्फेले जानकारी दिए ।

नेविसंघ दमक बहुमुखी क्याम्पसका इकाई सभापति अतित वान्तवाको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय सदस्य ललित मगर, नेविसंघ चुलाचुलीका सभापति पर्वत यक्वा लिम्बू लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.