मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु

गौरादह ,४ फागुन । मोटरसाइकल दुर्घटनामा परी झापाको गौरादहमा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह -४ का ५० वर्षीय भिमबहादुर दर्जी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार दर्जी सोमबार बिहान गौरादह -४ मजुवास्थित भित्री सडकखण्डको मकैबारीको पानीमा घोप्टो परी मृत अवस्थामा फेला परेका थिए ।
उनी सवार प्रदेश नं. १–०१–०१६ प. ८९२४ मोटरसाइकल चल्न नसक्ने अवस्थामा घटनास्थलनजिकै फेला परेको थियो ।
स्थानीयले देखेर सोमबार बिहान प्रहरीलाई खबर गरेका थिए । दर्जी राति साथीको घर मजुवाबाट दुर्गाचोकतर्फ आउँंदै गरेको बुझिएको छ । घटनास्थलको प्रकृति, उनी सवार मोटरसाइकल लगायतको प्रारम्भिक अनुसन्धानमा सवारी दुर्घटना भई मृत्यु भएको हुनसक्ने देखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.