होलसेल व्यवसायी संघको अध्यक्षमा रिमाल

दमक ,३ फागुन । होलसेल ब्यवसायी संघ दमकको अध्यक्षमा राम रिमाल चुनिएका छन् । बुधबार सम्पन्न संघको दोश्रो अधिवेशन तथा तेश्रो साधारणसभाले रिमालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षमा शेखर न्यौपाने,सचिवमा शम्भु खतिवडा ( रमेश ) , कोषाध्यक्षमा दयासागर आचार्य र सहसचिवमा राजकुमार गुप्ता चुनिएका छन् । यसैगरि, सदस्यहरुमा वसन्त न्यौपाने,भरत प्रधान , हिरादेवी ( खनाल ) उप्रेती ,संगीता कटुवाल र राजेश अग्रवाल चुनिएका छन् ।

Leave a Reply

Your email address will not be published.