एमएफसी दार्जिलिङलाई पबित्रहाङमा कपको उपाधि

लारुम्बा ,३ फागुन । इलामको बाँझोस्थित माङसेबुङमा सञ्चालित पबित्रहाङ्मा कप –२०७९ को उपाधि एमएफसि दार्जिलिङ बनेको छ ।बुधबार इलामको माङसेबुङ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा भएको फाईनल खेलमा नवदीप युवा क्लव मिक्लाजुङ ,मोरङलाई सडनडेथमा ७–६ गोल अन्तरले पराजित गर्दै दार्जिलिङले उपाधि कव्जा गरेको हो ।
उपाधिसंगै विजेताले नगद रु २ लाख १ सय ६७ पायो भने उपविजेताले १ लाख एक सय ६७ रुपैया प्राप्त गरेका छन् ।प्रतियोगिताको सर्वाधिक गोलकर्ता दार्जिलिङकी सोनिया मारक, उत्कृष्ट खेलाडी मोरङकी पूर्णिमा राई, उत्कृष्ट डिफेन्डर दार्जिलिङकी प्रिया तामाङ र उत्कृष्ट गोलकिप्पर दार्जिलिङकी सुस्मा गुडिया घोषित हुदैं नगद पुरस्कार सँगै ट्रफी मेडल र प्रमाण–पत्र प्राप्त गरेकी छन् ।
विजेता, उपविजेता खेलाडीहरुलाई किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेईङ तथा किरात धर्मगुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ,प्रदेश १ का सडक पूर्वाधार तथा सहरी बिकास मन्त्री दुर्गा चापागाईं र प्रदेश १ का प्रदेश सभा सदस्य राम रानाले पुरस्कार बितरण प्रदान गरेका थिए ।
किरात धर्मगुरुआमा लिङदेन ६७औं जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेईङ नुमाङगेन्ना सेवा समारोहको अवसरमा आयोजित पवित्रहाङमा कप २०७९ को प्रथम पुरस्कार आङबुहाङ देउमान परिवार र दोस्रो पुरस्कार किरात धर्मगुरु निजी आश्रम कृषि समिति हङकङले सौजन्य गरेको थियो ।
माघ २३ देखि शुरु भएको सो प्रतियोगितामा भारतको दार्जिलिङ तथा नेपालका विभिन्न १० वटा फूटवल महिला टिमको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published.