दमक ,२ फागुन । यहाँस्थित साहित्य कला सङ्गमले सिर्जनशिल रचना वाचन कार्यक्रमको ५९ ओै श्रृङ्खला शुक्रवार सम्पन्न गरेको छ । कवि तथा साहित्यकार प्रा. डा. बद्रि बिशाल पोख्रेलको प्रमुख आतिथ्थतामा भएको कार्यक्रममा दमक प्रज्ञा प्रतिष्ठानका अध्यक्ष डा. गोपाल प्रसाद भण्डारी, दमक प्रज्ञा प्रतिष्ठानका पूर्व अध्यक्ष हेमनाथ अधिकारी, प्रतिभा निकेतनका संस्थापक अध्यक्ष खेमलाल पोख्रेल,प्रतिभा निकेतनका अध्यक्ष कमलराज भट्टराई लगायतको बिशिष्ट आतिथ्यता रहेको थियो ।
कार्यक्रममा दुई दर्जन भन्दा बढी स्रष्टाहरुले रचना वाचन गरेका थिए ।रचना वाचन गर्नेहरुमा साहित्यकला सङ्गमका उपाध्यक्षहरु यादवप्रसाद अधिकारी झाक्रिखोले , चन्द्रा गड्तौला ,महासचिव ओमप्रसाद खनाल ,सचिव बिरेन्द्र खड्का,सहसचिव मेघनाथ बन्धु,कोषाध्यक्ष नेत्र अधिकारी ,सदस्यहरु रामकुमार उपाध्याय,बिबेक दुलाल क्षेत्री लगायत स्रष्टाहरु जीवनहरि शर्मा, नारायण प्रसाद शर्मा, अम्बिका प्रसाद सापकोटा, गोपाल प्रसाद दहाल, किशोर खनाल,पदमप्रसाद ओली ,त्रिलोचन रेग्मी, खड्ग बहादुर खड्का , रामप्रसाद पौडेल, यादवप्रसाद नेपाल, यज्ञप्राद भट्टराई,लिलाङ्स भण्डारी, बुनु चेम्जोङ , शान्तप्रसाद भट्टराई, गीता कुवर, तारा निरौला रहेका छन ।
कार्यक्रम साहित्य कला सङ्गमका अध्यक्ष बिन्दु दाहाल मुकदर्शकको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सञ्चालन महासचिव ओमप्रसाद खनालले गरेका थिए । दमककै पूरानो साहित्यीक संस्थाका रुपमा परिचित उक्त संस्थाले श्रष्टा भेटघाटसहित मासिक रुपमा रचना पाचन कार्यक्रम सञ्चालन गरिआएको छ ।