मोटरसाइकल चलाउँदा चलाउँदै विरामीले च्यापेपछि लडेर मृत्यु

झापा, २ फागुन । झापाको अर्जुनधारामा मोटरसाइकल चलाउँदा चलाउँदै विरामीले च्यापेपछि लडेर चालकको मृत्यु भएको छ । शुक्रवार साँझ ६ः५० बजे अर्जुनधारा– ८ बौद्ध गुम्बानजिकै अर्जुनधारा–८ बस्ने ३२ वर्षीय साजन गुरुङको मोटरसाइकलबाट लडेर मृत्यु भएको हो । प्र१–०१–०१६प ८८६४ न. को मोटरसाइकल आफैले चलाएर प्रणामी मन्दिरबाट शनिश्चरेतर्फ जाँदै गर्दा स्वास्थ्यमा असहज भई रोक्ने क्रममा उनी लडेर बेहोस भएका थिए ।
उपचारका लागि शनिश्चरे अस्पताल पठाइएकोमा त्यहाँ संभव नभएपछि थप उपचार गर्न बीएण्डसी अस्पताल बिर्तामोड पठाइएकोमा चेकजाँच गर्ने क्रममा डाक्टरले मृत घोषणा गरेका थिए । मृतकको शव बीएण्डसी अस्पतालमा रहेको छ । उनलाई प्रेसर सम्बन्धी समस्या रहेको बुझिएको छ ।

स्कुल बसको ठक्करबाट पैदलयात्री घाइते
स्कुल बसको ठक्करबाट झापाको बुद्धशान्तिमा एक पैदलयात्री घाइते भएका छन् । शुक्रवार साँझ ५ बजे बुद्धशान्ति वडा न।–१बुधबारे चौकनजिक भित्री सडकखण्डमा बुधबारेबाट त्रिवेणी चोकतर्फ जाँदै गरेको मे। १क। ५०७ नम्बरको बाल्मीकि एजुकेशन फाउण्डेशन बिर्तामोडको स्कुल बसले पैदलयात्रीलाई ठक्कर दिएको हो ।

ठक्करबाट पैदलयात्री बुद्धशान्ति –३ शितल बस्ती बस्ने अन्दाजी बर्ष ७० का मातृका सम्याङ घाइते भएका छन् । उनको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । बस चालक बिर्तामोड –१ बस्ने बर्ष ५२का रामबहादुर राई र बस इलाका प्रहरी कार्यालय बुधबारेको नियन्त्रणमा रहेको छ ।

Leave a Reply

Your email address will not be published.