दमक,२ फागुन । सरस्वती पूजाको अवसर पारेर दमकको बिहानी कला केन्द्रले आज दुई जना पत्रकार र सांगीतिक क्षेत्रका दुई जना विशिष्ट व्यक्तित्वलाई सम्मान गरेको छ ।दमक -८ मा एक कार्यक्रम गरि निष्कर्ष न्यूजका सम्पादक बिष्णु पौडेल र हिमशिखर टेलिभिजनका समाचार प्रमुख सुदिप अधिकारीलाई सम्मान गरेको हो ।
केन्द्रले वरिष्ठ गायक तथा संगीतकार विशाल राई र संगीत साधक यशोदा शाक्यलाई सांगीतिक क्षेत्रमा विशिष्ट योगदान पुरयाए वापत सम्मान गरेको छ ।सम्मानित व्यक्तित्वहरुलाई लोकगायक एलपी जोशी लगायतले सम्मान प्रदान गरेका थिए ।
को प्रमुख आतिथ्य र कला केन्द्रकी सञ्चालक तथा संगीत प्रशिक्षक कमला खनालको सभापतित्वमा आयोजित कार्यक्रमका बीच दोसल्ला र सम्मान पत्रबाट सम्मान गरिएको थियो ।सो अवसरमा सम्मानितहरुका तर्फबाट वरिष्ठ संगीतकार राईले मन्तव्य राख्दै कला संगीतका क्षेत्रमा बिहानी कला केन्द्र र यसको व्यवस्थापन पक्षले दिइरहेको योगदानको प्रशंसा गरे ।
कार्यक्रममा लोकगायक शिव नेपाल, वाद्यवादक राम विष्ट लगायत, भिम न्यौपाने लगायतको विशेष आतिथ्य रहेको थियो ।
संगीत प्रशिक्षार्थी बिद्यार्थी रकिता पौडेलले स्वागत मन्तव्य राखेको कार्यक्रममा बिहानी कला केन्द्रका प्रशिक्षार्थी बिद्यार्थीहरुले सरस्वती बन्दनासहित विभिन्न गीत संगीत प्रस्तुत गरेर मनोरञ्जन दिलाएका थिए ।
सो कला केन्द्रमा हाल ४० जना भन्दा बढी संगीत प्रशिक्षार्थी बिद्यार्थीहरु नियमितरुपमा संगीत बिषयको अध्ययन गर्दै आएका छन् ।